ताप्लेजुङ ,११,मंशिर

जिल्लाको सबैभन्दा टाढाको मतदान स्थल याङ्मामा १६ मत खसेको छ । ५७ मतदाता रहेको फक्ताङलुङ गाउँपालिका ७ मा रहेको याङ्मामा ४१ जना मतदाता अनुपस्थित भएका छन् । "/>

ताप्लेजुङको याङ्‍मामा १६ मत खस्दा मतदान सकियो

ताप्लेजुङको याङ्‍मामा १६ मत खस्दा मतदान सकियो

केन्द्रबिन्दु
0
Shares

ताप्लेजुङ ,११,मंशिर

जिल्लाको सबैभन्दा टाढाको मतदान स्थल याङ्मामा १६ मत खसेको छ । ५७ मतदाता रहेको फक्ताङलुङ गाउँपालिका ७ मा रहेको याङ्मामा ४१ जना मतदाता अनुपस्थित भएका छन् । गाउँमा रहेका मतदाता सबैले भोट खसालेपछि याङ्मामा दिउँसो तीन बजे नै मतदान सकिएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । चार हजार दुई सय मिटर उचाईमा रहेको गाउँका अधिकांश मतदाता गाउँ भन्दा बाहिर रहेका कारण कम भोट खसेको वडाध्यक्ष छेतेन शेर्पाले बताए। मतदान सकिए पनि पाँच बजे सम्म कर्मचारी कुरेर बसेका थिए । प्रजिअ जिसीका अनुसार याङ्माको मतपत्र आज हेलिकप्टरबाट सदरमुकाम ल्याइने छ । यो चीनको तिब्बत र भारतको सिक्किमसँग सीमा क्षेत्र जोडिएको क्षेत्र हो। जहाँ पुग्न जिल्ला सदरमुकामबाट पैदल हिँडेर तीन दिन लाग्छ ।
अन्नपूर्णबाट

Logo