लिबाङ,११,मंशिर
दोस्रो संविधानसभा निर्वाचनमा शून्य मतदान भएको थबाङमा यसपटक करिब ३० प्रतिशत मत खसेको छ। थबाङ गाउँपालिकाको वडा १ र २ मा पर्ने साविकको थबाङ गाविसमा ८ सय २२ मत खसेको हो, जुन २९.६५ प्रतिशत हुन आउँछ। "/>

संविधानसभामा शून्य मतदान भएको थबाङमा ३० प्रतिशत मत खस्यो

संविधानसभामा शून्य मतदान भएको थबाङमा ३० प्रतिशत मत खस्यो

केन्द्रबिन्दु
0
Shares

लिबाङ,११,मंशिर
दोस्रो संविधानसभा निर्वाचनमा शून्य मतदान भएको थबाङमा यसपटक करिब ३० प्रतिशत मत खसेको छ। थबाङ गाउँपालिकाको वडा १ र २ मा पर्ने साविकको थबाङ गाविसमा ८ सय २२ मत खसेको हो, जुन २९.६५ प्रतिशत हुन आउँछ। स्थानीय तह निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवारी दिएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताले जितेको वडा १ मा यसपटक २ सय ७६ मत खसेको छ। त्यहाँ एक हजार दुई सय ६७ मतदाता थिए । स्थानीय तहमा माओवादी केन्द्रले जित हासिल गरेको वडा नम्बर २ मा ५४६ मत खसेको छ। त्यहाँ एक हजार पाँच सय पाँच मतदाता थिए ।
नेकपाले राति देखि नै बिहान सम्म विस्फोट गराएर मतदातालाई अवरोध गर्न खोजे पनि सुरक्षा गस्ती सहित मतदाता मतदान केन्द्रमा आएका थिए। मतदाता फर्किंदै गर्दा दिउँसो पनि विस्फोट भएको जनाइएको छ। नेकपाले चुनाव खारेज गर्ने र माओवादी केन्द्रले चुनावमा मतदान गर्ने रणनीति अख्तियार गरेका थिए। जसले गर्दा थबाङी मतदाता चर्को दबाबमा थिए।
अन्नपूर्णबाट

Logo