मिस वल्र्डले कति कमाउछिन्

मिस वल्र्डले कति कमाउछिन्

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १० मंसिर । हालै चीनको सान्यामा आयोजना भएको मिस वल्र्ड प्रतियोगिताले यसको चर्चा एकपटक फेरी बढाएको छ । यसपटक आयोजना भएको प्रतियोगितामा भारतकी मानुषी छिल्लरले उपाधि जितेर सर्वाधिक पटक उपाधि जित्ने राष्ट्रको सूचीमा भेनेजुएलासंग बराबरी गरिन् । यसले विश्वमा सुन्दरीहरुको देशको रुपमा यि दुई राष्ट्रलाई उभ्याएको छ ।

मानुषीको जितसंगै मिस वल्र्डका विजेताले जिते वापत कति पैसा पाउछन् भन्ने चर्चा पनि चल्न थालेको छ । मिस वल्र्डको प्रतियोगितामा १ सय भन्दा बढी राष्ट्रका सु्न्दरीहरुले सहभागिता गर्ने हुनाले यो प्रतियोगिताको उपाधि जित्नु भनेकै विश्वकै सर्वाधिक सुन्दरीको हुनु पनि हो । यो प्रतियोगिता जिते पछि उनलाई लगाईदिने ताज (मुकुट) को निर्माण बहुमुल्य हिरा र जवाहरतले निर्माण गरिएको हुन्छ । एक अनुमान अनुसार यसको मुल्य ५ करोड रुपैंया भन्दा बढी हुने गर्छ । यो वाहेक विजेता हुने सुन्दरीले नगद १६ करोड रुपैंया पाउने गर्छिन् ।

विश्व सुन्दरी भएको सुन्दरीले आफ्नो उपाधि रहुन्जेल विश्वको जुनसुकै मुलुकमा पनि निशुल्क भ्रमण गर्न पाउछिन् । उनलाई विभिन्न कम्पनीहरुले ब्राण्ड एम्बेसडर समेत बनाउछन् । यसरी ब्राण्ड एम्बेसडर बने वापत सुन्दरीले करोडौं रुपैंया पारिश्रमिक पाउनुका साथै बर्ष भरी उक्त उत्पादनहरु निशुल्क प्रयोग समेत गर्न पाउछिन् ।

मिस वल्र्ड बनेकी सुन्दरीलाई ग्यामरको क्षेत्रमा एकै पटक प्रशस्त ढोकाहरु खोलिन्छ । उनलाई फिल्म देखि मोडलिङको क्षेत्रवाट धेरै अवसरहरु आउने गर्छ । यो वाहेक देशको आर्थिक अवस्था अनुसार उनलाई ताज जिते वापत दिईने पुरस्कार धनराशीको कुनै लेखाजोखा हुँदैन । एजेन्सी

Logo