इनोभेक्स एमआईटीले ‘आविष्कार २६’मा जित्यो दुईवटा उपाधि

इनोभेक्स एमआईटीले ‘आविष्कार २६’मा जित्यो दुईवटा उपाधि

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । मोडल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) कलेजको रोबोटिक्स तथा आईओटी क्लब ‘इनोभेक्स एमआईटी’ले काठमाडौं विश्वविद्यालयद्वारा आयोजित ‘आविष्कार २६’मा उत्कृष्ट प्रदर्शन गर्दै दुईवटा महत्वपूर्ण उपाधि जितेको छ।

काठमाडौं विश्वविद्यालयको प्राङ्गणमा यही जुलाई ७ र ८ तारिखमा सञ्चालन भएको यस प्रतिस्पर्धामा क्लबले १५ केजी ‘रोबो वार’ र ‘एक्वा रस’ दुवै विधामा प्रथम स्थान हासिल गर्न सफल भएको हो।

क्लब स्थापना भएको छोटो समयमै प्राप्त यस ऐतिहासिक सफलतालाई निकै महत्वपूर्ण रूपमा हेरिएको छ । यस दोहोरो जितले टोलीको कडा परिश्रम, प्राविधिक दक्षता र नवीन सोचलाई प्रमाणित गरेको कलेजकाे दाबी छ । इनोभेक्स एमआईटीको यो गौरवमय सुरुवातले नेपालको रोबोटिक्स तथा इन्जिनियरिङ क्षेत्रमा क्लबको बलियो र उदाउँदो उपस्थितिलाई प्रष्ट पारेको जनाइएकाे छ।

Logo