अपडेट : दिउँसो ३:०० बजेसम्म ५५ प्रतिशत मत खस्यो

अपडेट : दिउँसो ३:०० बजेसम्म ५५ प्रतिशत मत खस्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १० मंसिर ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि पहिलो चरणको निर्वाचनमा ३२ जिल्लामा आज बिहान ७ बजेदेखि शान्तिपूर्ण एवं उत्साहजनकरुपमा मतदान कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार, दिउँसो ३:०० बजेसम्ममा औसतमा ५५ प्रतिशत मतदान भएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा ४ हजार ४६५ मतदान केन्द्रहरुमा आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान कार्य जारी रहनेछ ।

Logo