गुल्मी,मंसिर, १०
गुल्मीका दुई निर्वाचन क्षेत्रमा नेकपा (एमाले) का दुई सचिवसँग नेपाली काँग्रेसका एउटै नाम भएका दुई उम्मेदवार बीच प्रतिस्पर्धा हुने देखिएको छ । "/>

एमालेका दुई सचिवसँग काँग्रेसका दुई चन्द्रको कडा प्रतिस्पर्धा

एमालेका दुई सचिवसँग काँग्रेसका दुई चन्द्रको कडा प्रतिस्पर्धा

केन्द्रबिन्दु
0
Shares

गुल्मी,मंसिर, १०
गुल्मीका दुई निर्वाचन क्षेत्रमा नेकपा (एमाले) का दुई सचिवसँग नेपाली काँग्रेसका एउटै नाम भएका दुई उम्मेदवार बीच प्रतिस्पर्धा हुने देखिएको छ । क्षेत्र नं १ मा प्रतिनिधिसभा तर्फ एमालेका सचिव प्रदीप ज्ञवालीसँग काँग्रेसका नेता चन्द्र भण्डारी र क्षेत्र नं २ मा एमालेका सचिव गोकर्णराज विष्टसँग काँग्रेसका चन्द्रबहादुर केसीको प्रतिष्पर्धा हुँदैछ । मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा मुख्य गरी वाम गठबन्धन र काँग्रेसका उम्मेदवार बीच प्रतिस्पर्धा हुने देखिन्छ ।

स्थानीय तह निर्वाचनको मत परिणाम जोड्दा वाम गठबन्धनको स्थिति मजबुत भएकाले एमाले र माओवादी केन्द्रका कार्यकर्ता उत्साहित छन् भने काँग्रेसका कार्यकर्ता विगतमा जस्तो अन्तरघातमा नलागी मतदाता फकाउनमा व्यस्त छन् । जिल्लामा कूल १ लाख ९६ हजार ३४२ मतदाता रहेको क्षेत्र नं १ मा १ लाख ३ हजार तथा क्षेत्र नं २ मा ९४ हजार मतदाता छन् । क्षेत्र नं १ मा स्थानीय तहमा प्राप्त मतका आधारमा काँग्रेस भन्दा वाम गठबन्धन १२ हजार भन्दा बढी मतले अगाडि छ । एमाले उम्मेदवार ज्ञवाली पूर्व सांसदका साथै पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुन् भने भण्डारी निवर्तमान सांसद हुन् । दुवै बौद्धिक र सरल नेताका रुपमा चिनिन्छन् ।
नेपाल समाचारपत्रबाट

Logo