काठमाडौं,मंसिर, १०
राजनीतिक दल र उम्मेदवारले राजधानीका मतदातालाई निःशुल्क जिल्लामा जानका लागि बसको व्यवस्था गरेका छन् । "/>

निर्वाचनका लागि तीनकुनेमा गाउँ जाने निःशुल्क बस

निर्वाचनका लागि तीनकुनेमा गाउँ जाने निःशुल्क बस

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,मंसिर, १०
राजनीतिक दल र उम्मेदवारले राजधानीका मतदातालाई निःशुल्क जिल्लामा जानका लागि बसको व्यवस्था गरेका छन् । आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा मतदान गर्न कार्यकर्तालाई जिल्ला लानका निम्ती राजनीतिक दलले निःशुल्क बसको व्यवस्था गरेका हुन् ।
शनिबार बिहान राजधानीको तीनकुनेमा यस्ता बसको भिडभाड देखियो । सिन्धुपाल्चोक, दोलखा लगायतका जिल्लामा जाने मतदाताका लागि राजनीतिक दल र उम्मेदवारले बसको व्यवस्था गरेका हुन् । उम्मेदवारले आफ्ना मतदातालाई गाउँ सम्म पुर्याउन र मतदानमा सहभागी गराउन केही दिन देखि नै रिर्जब गरी निःशुल्क बसको व्यवस्था गर्दै आएका थिए । हिमाली र उच्च पहाडी क्षेत्रका ३२ जिल्लामा आइतबार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ। यहाँबाट विगतमा पनि यसरी नै बसको सेवा राख्ने गरिन्थ्यो । अब २१ गतेको चुनावको लागी पनि निःशुल्क बससेवाको सुविधा राखिने सम्बन्धित दलहरुले जनाएका छन् ।
अन्नपूर्णबाट

Logo