दोलखा ,९,मंशिर

आसन्न निर्वाचनमा चुनाव भाँड्ने मनसायले जिल्ला बाहिरबाट भित्र्याईएका केही युवाहरु दोलखाको जिरी नगरपालिकाबाट पक्राउ परेका छन् । "/>

दोलखामा शंकास्पद युवाहरु पक्राउ

दोलखामा शंकास्पद युवाहरु पक्राउ

केन्द्रबिन्दु
0
Shares

दोलखा ,९,मंशिर

आसन्न निर्वाचनमा चुनाव भाँड्ने मनसायले जिल्ला बाहिरबाट भित्र्याईएका केही युवाहरु दोलखाको जिरी नगरपालिकाबाट पक्राउ परेका छन् । जिरी नगरपालिका वडा नम्वर ३ को रोसी गाउँबाट काठमाडौँ र सिन्धुपाल्चोकका सहित ४ जना पक्राउ परेका हुन् । निर्वाचन भाँड्ने प्रयोजनका लागि ८ वटा मोटरसाईकलमा रोसी पुगेका १६ जना युवाहरु मध्ये ४ जना पक्राउ परेका हुन् । स्थानीय वासीको घरभित्र मोटरसाईकल लुकाउँदै गरेको अवस्थामा एमाले र माओवादीको वाम गठवन्धनका युवा कार्यकर्ताले देखेपछि प्रहरीलाई खवर गरेर उनीहरुलाई पक्राउ गर्न लगाईएको हो ।

सशस्त्र प्रहरी बलको टोलीले मोटरसाईकल सहित रोसी पुगेका सबै युवालाई नियन्त्रणमा लिएको स्थानीयले बताए पनि दोलखा प्रहरीले भने ४ जनालाई मात्रै पक्राउ गरेको बताएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको दुई तथा काठमाडौँको थली र जोरपाटीका २ गरी ४ जना रहेका छन् । पक्राउ परेका चारै युवालाई ईलाका प्रहरी कार्यालय जिरीमा राखिएको छ । उनीहरुसँगै पक्राउ परेका जिरी नगरपालिकाकै एक शेर्पा युवालाई भने प्रहरीले पक्राउ गरि अनुसन्धान गरेर छाडेको छ । उनीहरु कुन संगठनका कार्यकर्ता हुन् भन्ने बारेमा भने खुल्न सकेको छैन ।
नेपाल समाचारपत्रबाट

Logo