दमक ,९,मंशिर

झापाको दमक स्थित एमाले अध्यक्ष केपी ओलीको घर बाहिर बम बिस्फोट भएको छ । "/>

शनिबार विहानै एमाले अध्यक्ष केपी ओलीको घरलाई लक्षित गरी बम विस्फोट

शनिबार विहानै एमाले अध्यक्ष केपी ओलीको घरलाई लक्षित गरी बम विस्फोट

केन्द्रबिन्दु
0
Shares

दमक ,९,मंशिर

झापाको दमक स्थित एमाले अध्यक्ष केपी ओलीको घर बाहिर बम बिस्फोट भएको छ । शनिबार बिहान ४ बजे बम बिस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटबाट कुनै क्षती भने भएको छैन । घरको गेट बाहिर एउटा झोला झुण्ड्याइएको अवस्थामा रहेको र त्यहाँ पनि बम हुन सक्ने इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव निरीक्षक दिपक गिरीले जानकारी दिए । झोला भित्र शंकास्पद बस्तु भएकोले त्यसलाई डिस्पोज गर्न केरखाबाट नेपाली सेनाको डिस्पोजल टोली घटनास्थल आइपुगेको छ । कुन बम विस्फोट भएको र कसले गराएको भन्ने बारे अनुसन्धान भइरहेको र बम विस्फोट गराउनेको खोजी कार्य सुरु गरिएको प्रहरीले जनाएको छ । प्रहरीले दमकको सुरक्षा व्यवस्था कडा बनाएको छ ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo