रुकुम,९,मंशिर
पुर्वी रुकुमको सदरमुकाम रुकुमकोटवाट पश्चिम रुकुमको सदरमुकाम मुसीकोट आईरहेको ग १ ज ४२६० नम्वरको जीप मुसीकोट नगरपालिकाको वडा नं. ६ साँखमा दुर्घटनामा परेको छ । "/>

जीप दुर्घटनामा नवविवाहित बेहुलाबेहुली सहित ६ जनाको मृत्यु

जीप दुर्घटनामा नवविवाहित बेहुलाबेहुली सहित ६ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

रुकुम,९,मंशिर
पुर्वी रुकुमको सदरमुकाम रुकुमकोटवाट पश्चिम रुकुमको सदरमुकाम मुसीकोट आईरहेको ग १ ज ४२६० नम्वरको जीप मुसीकोट नगरपालिकाको वडा नं. ६ साँखमा दुर्घटनामा परेको छ । दुघर्टनामा परेको जीप मध्यपहाडी लोकमार्गवाट झण्डै एक सय मिटर तल पुगेको वताईएको छ । जीपमा सवार रहेका मध्ये अहिले सम्म ६ जनाको मृत्यु भएको र ४ जना गम्भीर घाईते भएको उद्धारमा रहेका वामगठवन्धन पश्चिम रुकुम क्षेत्र नं. २ का उम्मेद्धार गोपाल शर्मा अनलले जानकारी दिए । मृत्यु हुनेहरुमा मुसीकोट नगरपालिका वडा नं. १ का जनक शाह, अनित प्रधान, शेरवहादुर श्रेष्ठ र मुसीकोट नगरपालिका वडा नं. ४ की सुधा मल्ल, त्रीबेणी गाउँपालिका ६ की यमुना मल्ल र रुकुमकोट निवासी प्रहरी ईन्सपेक्टर नविन श्रेष्ठ रहेका छन। दुर्घटनामा घाईतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याईएको छ । घटनामा नवविवाहित जोडीको मृत्यु भएको छ । मृत्यु भएका प्रहरी निरीक्षकद्वय नवीन श्रेष्ठ र अनित प्रधान बिहे गरेर फर्कंदै थिए ।

नेपाल समाचारपत्रबाट

Logo