काठमाडौं, ७ मंसिर ।
संसार आफैँमा रहस्यको पुञ्ज हो । यहाँ त्यस्तै रहस्यमय घटनाहरु भइरहन्छन् । जस्तो कि जर्मनीमा हालै भयो ।
जर्मनीको आकाशमा आगोको गोला (फायर बल) देखियो । यो अनौठो चिजमा जब स्थानीयवासीको दृष्टि पर्यो, त्यसबेला यो धिमा गतिमा चलिरहेको थियो । अचानक त्यो फायरबलले यस्तो गति लियो, सबै अचम्मित भए ।
डेली मेलको रिपोर्ट अनुसार त्यो रहस्यमयी फायर बल पहिले इटाली र स्विजरल्यान्डमा पनि देखिएको थियो । जर्मन प्रहरीका अनुसार त्यो उल्का पिन्डजस्तै देखिएको छ । एक भिडियोमा यो चम्कने वस्तु जर्मनीको पश्चिमी शहरमा देखिएको जनाइएको छ ।
सुरुमा सामान्य देखिएको फायर बल पछि सेतो भयो । र, पछि हल्का निलो रंगमा बदलियो । (एजेन्सीको सहयोगमा)





























प्रतिक्रिया