निराश एमबाप्पे भन्छन्, ‘हामीले चाहे जस्तो खेल्नै सकेनौं’

निराश एमबाप्पे भन्छन्, ‘हामीले चाहे जस्तो खेल्नै सकेनौं’

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । फ्रान्सेली कप्तान किलियन एमबाप्पेले विश्वकप २०२६ को फाइनल प्रवेश गर्न असफल रहेकामा जहिल्यै गुनासो रहने बताउँदै आफ्नो टिमको तर्फबाट रणनीतिक र प्राविधिक भुल भएको स्विकारेका छन् । स्पेनको हातबाट सेमिफाइनलमा २–० ले पराजित भएको फ्रान्स बुधबार प्रतियोगिताबाट बाहिरिएको हो ।

अन्तिम चारसम्मको यात्रामा एमबाप्पे सबैभन्दा प्रभावशाली खेलाडी रहेका थिए र यसक्रममा आठ गोलसमेत गरेका थिए । तर २७ वर्षीय एमबाप्पेको लगातार तेस्रो फाइनल खेल्ने सपना भने पूरा हुन सकेन् । फ्रान्सेली ब्रोडकास्टर एम–सिक्ससँगको कुराकानीमा उनलेले आफू असाध्यै निराश भएको बताएका छन् ।

उनले भनेका छन्, ‘हामीले चाहे जस्तो खेल्नै सकेनौं । हामी रणनीतिक र प्राविधिक खेलमै चुक्यौं । एउटा टिमका रूपमा हाम्रो प्रदर्शन उच्च रहेन । विश्वकपको सेमिफाइनल चरणमा आफूले चाहे जस्तो खेल्न सकेनौं भने हार नै हुन्छ ।’

‘हाम्रो लक्ष्य तीव्र गतिमा खेलेर आक्रमण गर्ने थियो र स्पेनलाई सुस्त बनाउने थियो । खेलमाथि बढी नियन्त्रण लिने पक्षमा हामी स्पेनभन्दा राम्रो थियौं । तर हामीले यही गर्न सकेनौं,’ एमबाप्पेले थपे, ‘फाइनल पुग्ने हाम्रो सपना थियो, त्यो पूरा भएन, यसलाई स्विकार्नै पर्छ ।’

Logo