काठमाडौं,७,मंशिर
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष नवीना लामा चितवन–३ मा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई जिताउन खटिएकी छिन् । "/>

अनेरास्ववियुकी अध्यक्ष नवीना भोट माग्दै गर्दा बाबु भने निर्वाचन भाँड्न सक्रिय !

अनेरास्ववियुकी अध्यक्ष नवीना भोट माग्दै गर्दा बाबु भने निर्वाचन भाँड्न सक्रिय !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,७,मंशिर
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष नवीना लामा चितवन–३ मा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई जिताउन खटिएकी छिन् । प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक उम्मेदवार लामालाई उनको संगठनले नै चितवन खटाएको हो । दाहाललाई जिताउने जिम्मेवारी उनले पाएकी छिन् ।

उनका बाबु माणिक लामा भने निर्वाचन भाड्न सक्रिय रहेको आरोपमा प्रहरी हिरासतमा पुगेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य माणिक विप्लव समूहको ‘ताम्सालिङ स्वायत्त जनसरकार’ प्रमुख र राष्ट्रिय तामाङ मुक्ति मोर्चाका प्रमुख समेत हुन्। यसैगरी वाम गठबन्धनबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर–६ का उम्मेदवार झक्कु सुवेदी मतदातासँग भोट माग्न घरदैलोमा व्यस्त रहँदा उनका छोरा सन्तोष भने रोल्पामा निर्वाचन विरोधी गतिविधिमा संलग्न छन् । उनलाई पनि प्रहरीले निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा पक्राउ गरिसकेको छ । उनी कात्तिक २२ देखि रोल्पा प्रहरी हिरासतमा छन् । प्रहरीले उनलाई रोल्पा जिल्ला इन्चार्ज दलबहादुर खत्रीसँगै पक्राउ गरेको थियो।
नागरिकबाट

Logo