काठमाडौं,७,मंशिर
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण नयाँ सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण कार्य बन्द गरिएको छ । "/>

नयाँ सवारीचालक अनुमतिपत्र वितरण कार्य रोकियो

नयाँ सवारीचालक अनुमतिपत्र वितरण कार्य रोकियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,७,मंशिर
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण नयाँ सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण कार्य बन्द गरिएको छ । नजिकिँदै गएको आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका कारण नयाँ सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण कार्य बन्द गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण नयाँ सवारीचालक अनुममितपत्र वितरण कार्य रोकिएको सवारीचालक अनुमतिपत्र वितरण कार्यालय, एकान्तकुनाका प्रमुख तेजनारायण यादवले जानकारी दिए ।

ट्रायल लिएर वितरण गर्नुपर्ने सवारीचालक अनुमतिपत्र बन्द गरिएको हो । सवारी चालक अनुमतिपत्र वितरण कार्य बन्द गरिए पनि लाइसेन्स नवीकरण, ट्रायल पासको राजस्व तिर्ने तथा लाइसेन्स वितरण कार्यहरू नियमित रूपमा सुचारु नै रहने उनले बताए ।  आसन्न निर्वाचनपछि मुलुक नयाँ सङ्घीय संरचनामा जाने भएकाले सवारी अनुमतिपत्र वितरण तथा वर्गीकरणमा केही समयका लागि अन्यौल हुन सक्ने उनले स्पष्ट पारे । सवारी अनुमतिपत्र वितरण सम्बन्धी सम्पूर्ण कार्य स्थानीय तहबाट नै गरिने भनी संविधानमा उल्लेख गरिएको छ । अब अर्को सूचना नआए सम्म अनिश्चितकालका लागि सवारीचालक अनुमतिपत्र वितरण कार्य बन्द गरिएको बताइएको छ ।

गोरखापत्रबाट

Logo