काठमाडाैं । गुणस्तरीय व्यवस्थापन शिक्षाको खोजीमा रहेका विद्यार्थीहरूका लागि विगत दुई दशकभन्दा लामो समयदेखि एउटा नाम भरोसाको केन्द्र बन्दै आएको छ— एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट ।
सन् १९९९ मा काठमाडाैंकाे मुटु नयाँ बानेश्वरमा स्थापना भई नेपालमा पहिलोपटक ‘एग्जिक्युटिभ एमबीए’ भित्र्याएर शैक्षिक क्रान्ति गरेको यस संस्थाले हाल आफ्नो स्थापनाको २७ औँ वर्ष पूरा गरिसकेको छ ।
स्नातक तहमा एस कलेजले विश्वप्रसिद्ध ग्लासगो क्यालेडोनियन युनिभर्सिटी (युके) अन्तर्गत बीबीए, बीएससी (अनर्स) कम्प्युटिङ र ब्याचलर इन फेसन डिजाइन विथ बिजनेस कार्यक्रम सञ्चालन गर्दै आएको छ। साथै पोखरा विश्वविद्यालय अन्तर्गत बीसीएसआईटी, बीबीए-फाइनान्स कार्यक्रम पनि यहाँ उपलब्ध छन् । अन्तर्राष्ट्रिय र राष्ट्रिय विश्वविद्यालयका यी पाठ्यक्रमहरूले विद्यार्थीलाई विश्वव्यापी प्रतिस्पर्धाका लागि सक्षम बनाउने उद्देश्य राखेका छन्।
३०० भन्दा बढी प्रबुद्ध प्राध्यापक तथा कर्पोरेट विज्ञहरूको टोली रहेको एस इन्स्टिच्युटले विद्यार्थीलाई बौद्धिक विनम्रता सिकाउँदै नयाँ पुस्ताका उद्यमी तयार पारिरहेको छ।
एस इन्स्टिच्युट अफ म्यानेजमेन्टको विशेषता केवल कक्षाकोठामा सीमित छैन। उद्योगसँगको सहकार्यलाई प्राथमिकतामा राख्दै कलेजले ७५ भन्दा बढी संस्थासँग सहकार्य गरेको छ। यसमार्फत विद्यार्थीले अध्ययनकै क्रममा इन्टर्नसिप, उद्योग भ्रमण, लाइभ प्रोजेक्ट, अनुसन्धान तथा रोजगारीका अवसर प्राप्त गर्छन्। कलेजको करियर सेवा केन्द्रले करियर काउन्सिलिङ, प्लेसमेन्ट, जब फेयर र उद्योगसँग प्रत्यक्ष सम्पर्कको व्यवस्था गर्दै विद्यार्थीलाई करियर निर्माणमा सहयोग पुर्याउँछ।
एस कलेजले व्यवहारिक शिक्षालाई पनि विशेष महत्व दिएको छ । नियमित सेमिनार, कार्यशाला, गेस्ट लेक्चर, उद्योग विशेषज्ञसँग अन्तरक्रिया, केस स्टडी तथा अनुसन्धानमुखी सिकाइ मार्फत विद्यार्थीलाई वास्तविक व्यावसायिक वातावरणसँग परिचित गराइन्छ । यसले उनीहरूको विश्लेषणात्मक क्षमता, नेतृत्व विकास र व्यावसायिक दक्षता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने कलेजकाे दाबी छ ।
कलेजले करियर काउन्सिलिङ, प्लेसमेन्ट, जब फेयर र उद्योगसँग प्रत्यक्ष सम्पर्कको व्यवस्था गर्दै विद्यार्थीलाई करियर निर्माणमा सहयोग पुर्याउँछ।
कलेजको समृद्ध विद्यार्थी जीवन पनि यसको अर्को आकर्षण हो। व्यवसाय तथा व्यवस्थापन महोत्सव, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता, विद्यार्थी क्लब, खेलकुद, सांस्कृतिक कार्यक्रम, सामाजिक अभियान तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय शैक्षिक भ्रमणमा कलेजले विशेष ध्यान दिँदै आएकाे छ ।
३०० भन्दा बढी प्रबुद्ध प्राध्यापक तथा कर्पोरेट विज्ञहरूको टोली रहेको यस इन्स्टिच्युटले विद्यार्थीलाई बौद्धिक विनम्रता सिकाउँदै नयाँ पुस्ताका उद्यमी तयार पारिरहेको छ। २७ वर्षको यो लोभलाग्दो विरासत र उत्कृष्ट शैक्षिक वातावरणकै कारण आज पनि एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट नेपालमा स्नातक तहको व्यवस्थापन तथा सूचना प्रविधि शिक्षा अध्ययन गर्न चाहने देशैभरिका जेहेन्दार विद्यार्थीहरूको पहिलो रोजाइ बन्न सफल भएको छ।






























