वासिङ्टन । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोको स्वदेश फिर्ती नरोकिने अमेरिकी कूटनीतिज्ञ लुइस मेन्डेजले बताएका छन् । उनले तोकिएका सर्तहरु भने मान्नु पर्ने चेतावनी दिएका छन् ।
यस विषयमा विदेश मन्त्रालयको नीति स्पष्ट रहेको उल्लेख गर्दै दक्षिण अमेरिकाका लागि उप सहायक सचिव मेन्डेजले अमेरिकाले मारिया कोरिनालाई स्वदेश फर्कन कुनै पनि बाधा नपुर्याउने बताए ।
मचाडोले गत डिसेम्बरमा नर्वेमा नोबेल शान्ति पुरस्कार प्राप्त गर्नका लागि भेनेजुएलाबाट बाहिए पछि आज सम्म स्वदेश नफर्केको जनाइएको छ । यसैबीच उनले भेनेजुएलाको सन्दर्भमा केही महत्वपुर्ण काम गर्न आवश्यक भएकाले स्वदेश फर्किदै गर्दा कुनै अवरोध नगर्ने मेन्डेजले प्रष्ट पारे ।
गत जुन –२४ मा आएको विनाशकारी भूकम्प पछि, मचाडोले धेरै पटक काराकास फर्कने प्रयास गरेता पनि भेनेजुएलाको कूटनीतिक दबाबले उनको प्रयासलाई अवरुद्ध गरेको जनाइएको छ ।































