विश्व बजार सुहाउँदो शिक्षाको भरपर्दो गन्तव्य, आईआईएमएस कलेज

विश्व बजार सुहाउँदो शिक्षाको भरपर्दो गन्तव्य, आईआईएमएस कलेज

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं । प्लस–टुपछि धेरै विद्यार्थीको सपना हुन्छ, विश्वस्तरीय डिग्री, अन्तर्राष्ट्रिय एक्स्पाेजर र सफल करियर। पहिले यसको लागि विदेश नै पहिलो रोजाइ हुन्थ्यो। तर अहिले नेपालमै बसेर पनि त्यही स्तरको शिक्षा हासिल गर्ने अवसर प्रदान गरिरहेकाे छ, काठमाडौंको नक्सालस्थित आईआईएमएस कलेज ले ।

सन् २०१० मा स्थापना भई १५ वर्षको लोभलाग्दो प्राज्ञिक विरासत बोकेको यस कलेजले मलेसियाको प्रख्यात टेलर्स युनिभर्सिटीसँग सहकार्य गर्दै नेपालमै विश्वस्तरीय शिक्षा प्रदान गरिरहेको छ। आईआईएमएस मा अध्ययन गर्ने विद्यार्थीहरूले नेपालमै बसेर ग्लाेबर डिग्री प्राप्त गर्नेछन्।

विश्वव्यापी रोजगारी बजारमा सबैभन्दा बढी माग रहेका सूचना प्रविधि, व्यवसाय व्यवस्थापन र हस्पिटालिटी क्षेत्रलाई लक्षित गर्दै आईआईएमएसले ब्याचलर अफ कम्प्युटर साइन्स (अनर्स), ब्याचलर अफ बिजनेस (अनर्स) र ब्याचलर अफ इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्ट (अनर्स) सञ्चालन गरिरहेको छ।

आईआईएमएस मा अध्ययन गर्ने विद्यार्थीहरूले नेपालमै बसेर ग्लाेबर डिग्री प्राप्त गर्नेछन्।

विश्वविद्यालय शिक्षामा केवल कक्षाकोठाभित्रको सिकाइ पर्याप्त नहुने भन्दै आईआईएमएसले प्राेजेक्ट, इण्डस्ट‍्रियल भिजिट, वर्कसप, रिसर्च, इन्टर्नसिपलाई अध्ययनको अभिन्न अंग बनाएको जनाएको छ। अनुभवी तथा अन्तर्राष्ट्रिय एक्स्पाेजर भएका शिक्षकहरूकाे समूहले अध्यापन गराउने यस कलेजमा विद्यार्थीहरूले प्रत्येक वर्ष उद्योगसँग प्रत्यक्ष जोडिने अवसर पाउँछन्, जसले उनीहरूलाई अध्ययनकै क्रममा व्यावसायिक अनुभव हासिल गर्न सहयोग पुर्‍याउँछ।

कलेजमा सक्रिय रहेका आईटी क्लब, बिजहव, हस्पिटालिटी हव र विश्वप्रसिद्ध टोस्टमास्टर्स जस्ता सोसाइटीहरूले विद्यार्थीहरूको व्यक्तित्व विकास र नेतृत्व क्षमता निखार्दै उनीहरूलाई ‘बजार सुहाउँदाे’ बनाउँछन्।

कलेजले आफ्ना विद्यार्थीहरूका लागि करिअर काउन्सिलिङ, पर्सनल डेभलपमेन्ट ट्रेनिङका साथै प्रतिवर्ष ६ महिनाको अनिवार्य इन्टर्नसिप र उनीहरू ग्राजुएट भएपछि शतप्रतिशत नि:शुल्क जब प्लेसमेन्ट सपाेर्ट समेत प्रदान गर्दै आएको छ।

विगत १५ वर्षमा यस कलेजबाट ७,००० भन्दा बढी विद्यार्थीहरू ग्रयाजुएट भइसकेका छन्, जो आज संसारभरका ४५० भन्दा बढी स्थापित बहुराष्ट्रिय कम्पनीहरूमा काम गरिरहेका छन्। कलेजले आफ्ना विद्यार्थीहरूका लागि करिअर काउन्सिलिङ, पर्सनल डेभलपमेन्ट ट्रेनिङका साथै प्रतिवर्ष ६ महिनाको अनिवार्य इन्टर्नसिप र उनीहरू ग्राजुएट भएपछि शतप्रतिशत नि:शुल्क जब प्लेसमेन्ट सपाेर्ट समेत प्रदान गर्दै आएको छ।

आधुनिक पूर्वाधारले पनि सुसज्जित आईआईएमएस कलेजमा स्मार्ट क्लासरूम, अत्याधुनिक कम्प्युटर ल्याब, डिजिटल लर्निङ सिस्टम, आधुनिक पुस्तकालय, प्राेजेक्ट ल्याव लगायतकाे सुविधा उपलब्ध रहेको छ।

Logo