काठमाडाैं । परम्परागत शैक्षिक सिकाइको घेरालाई तोड्दै विद्यार्थीहरूलाई भोलिको प्राविधिक र व्यावसायिक संसारका लागि योग्य बनाउने उद्देश्यका साथ भक्तपुरको लोकन्थलीमा सञ्चालित छ, शिक्षालय कलेज । सन् २०२२ मा स्थापना भएको यस कलेजले सुदूरपश्चिम विश्वविद्यालयको सम्बन्धनमा नेपालको उच्च शिक्षा क्षेत्रमा छोटो समयमै आफ्नो छुट्टै र बलियो पहिचान बनाउन सफल भएको छ।
आजको कर्पोरेट र प्रविधिको बजारलाई ध्यानमा राख्दै कलेजले विशेष गरी स्नातक तहमा बीएससीसीएसआईटी, बीबीए सञ्चालन गरिरहेकाे छ ।
आफूलाई ‘हाउस फर एजुकेसन’ का रूपमा स्थापित गर्न प्रतिबद्ध शिक्षालय कलेजको विशेष पहिचान नै विद्यार्थीलाई जिज्ञासु, अनुसन्धानमुखी र सिर्जनशील बनाउने वातावरण हो।
शिक्षालय कलेजको शिक्षण शैली केवल परीक्षा केन्द्रित छैन। यहाँ विद्यार्थीलाई वास्तविक कार्यक्षेत्रसँग जोड्ने अभ्यासलाई विशेष प्राथमिकता दिइन्छ। गेस्ट लेक्चर, प्राेफेसनल ट्रेनिङ, स्किल डेभलपमेन्ट प्राेगाम, वर्कसप, इन्टर्नसिप तथा विभिन्न व्यवहारिक गतिविधिमार्फत यहाँका विद्यार्थीले उद्योगको वास्तविक अनुभव हासिल गर्छन्। यसले उनीहरूलाई स्नातकपछि रोजगार बजारमा सहज रूपमा प्रवेश गर्न आवश्यक आत्मविश्वास र दक्षता प्रदान गर्ने कलेजकाे दाबी छ ।
आफूलाई ‘हाउस फर एजुकेसन’ का रूपमा स्थापित गर्न प्रतिबद्ध शिक्षालय कलेजको विशेष पहिचान नै विद्यार्थीलाई जिज्ञासु, अनुसन्धानमुखी र सिर्जनशील बनाउने वातावरण हो।
‘इम्पावरिङ माइन्ड्स, शेपिङ फ्युचर्स’भन्ने मूल नारालाई आत्मसात् गर्दै कलेजले सैद्धान्तिक ज्ञानलाई व्यवहारिक अनुभवसँग जोडेर विद्यार्थीलाई विश्वव्यापी अवसरका लागि तयार पारिरहेको छ।
कलेजले जेहेन्दार र आर्थिक रूपमा विपन्न दुवै वर्गका योग्य विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक रेकर्डका आधारमा स्कलरसिप समेत प्रदान गर्दै आएको छ।
भौतिक पूर्वाधारका हिसाबले पनि सुसज्जित यस कलेजका प्रविधिमैत्री कक्षाकोठा, एड्भान्स्ड ल्याब र इनाेभेसनलाई प्रोत्साहन गर्ने शैक्षिक वातावरण मुख्य विशेषता हुन्।
प्रविधिमैत्री पुस्तालाई अझ सक्षम बनाउन शिक्षालय कलेजले विद्यार्थीलक्षित ह्याकाथन, कोडिङ प्रतियोगिता, प्राविधिक सेमिनार, रोबोटिक्स क्लब, कृत्रिम बुद्धिमत्ता, प्रोग्रामिङ क्लब तथा विभिन्न अनुसन्धानमुखी गतिविधिहरू निरन्तर सञ्चालन गर्दै आएको छ। यति मात्र हाेइन, कलेजले जेहेन्दार र आर्थिक रूपमा विपन्न दुवै वर्गका योग्य विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक रेकर्डका आधारमा स्कलरसिप समेत प्रदान गर्दै आएको छ।































