सोलुखुम्बु, ६,मंशिर

सोलुखु्म्बुको अति दुर्गम क्षेत्रबाट केन्द्रसम्म मतपेटिका ढुवानी गर्न हेलिकोप्टर प्रयोग गरिने भएको छ । "/>

दुर्गममा मतपेटिका ढुवानी गर्न हेलिकोप्टर प्रयोग गरिने

दुर्गममा मतपेटिका ढुवानी गर्न हेलिकोप्टर प्रयोग गरिने

केन्द्रबिन्दु
0
Shares

सोलुखुम्बु, ६,मंशिर

सोलुखु्म्बुको अति दुर्गम क्षेत्रबाट केन्द्रसम्म मतपेटिका ढुवानी गर्न हेलिकोप्टर प्रयोग गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा बसेको सर्वपक्षीय छलफलमा अतिदुर्गम क्षेत्रबाट मतपेटिका ढुवानी गर्न हेलिकोप्टर व्यवस्थापनका लागि निर्वाचन आयोगमा अनुरोध गर्ने निर्णय गरिएको हो ।  भौगोलिक विकटता, मौसम प्रतिकूलता र यातायात, सञ्चार असुविधाका कारण हेलिकोप्टरबाट ढुवानी गर्न सहज र सुरक्षित हुने भएकाले सो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए ।  लिखुपिके गाउँपालिका, खुम्बु पासाङल्ह्मु गाउँपालिकामा रहेको मतदान केन्द्र अति दुर्गम मानिएको छ । महाकुलुङ र दूधकौशिका गाउँपालिकाको केही भागमा रहेको मतदान केन्द्र पनि अति दुर्गममा पर्दछन् ।
मंसिर १० गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा यस जिल्लामा ११८ मतदानस्थल र १२५ मतदान केन्द्र छन् । उक्त केन्द्र सदरमुकाम देखि ९६ किलोमिटर दुरीमा छ । जहाँ पुग्न सदरमुकाम देखि चार दिन पैदल हिँड्नुपर्छ । चिसो बढेसँगै भरिया पाउन पनि समस्या हुन्छ ।
रासस

Logo