काठमाडौं, ५, मंशिर
जनसंख्या बढी भए पनि पछिल्ला निर्वाचनमा महिला मतदाताको संख्या घट्दै गएको छ । ०७० सालको संविधानसभा निर्वाचनको तुलनामा स्थानीय निर्वाचन र आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा महिला मतदाताको संख्या घटेको हो । "/>

महिला मतदाताको संख्या तुलनात्मक रुपमा कम

महिला मतदाताको संख्या तुलनात्मक रुपमा कम

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ५, मंशिर
जनसंख्या बढी भए पनि पछिल्ला निर्वाचनमा महिला मतदाताको संख्या घट्दै गएको छ । ०७० सालको संविधानसभा निर्वाचनको तुलनामा स्थानीय निर्वाचन र आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा महिला मतदाताको संख्या घटेको हो । पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले मतदाता नामावली अद्यावधिक गर्न चासो कम भएकाले महिला मतदाता घटेको बताए । उनले भने, ‘वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बढेको छ । पढेका महिलाले मतदाता परिचयपत्र लिन चासो नदेखाएका कारण पनि दोस्रो संविधानसभा चुनावमा भन्दा महिला मतदाताको संख्या कम भएको हो ।

संविधानसभा निर्वाचन ०७० मा १ करोड २१ लाख ४७ हजार ८६५ जना मतदाता थिए । ती मध्ये ६१ लाख ६६ हजार आठ सय २९ अर्थात् ५० दशमलव ७६ प्रतिशत महिला मतदाता थिए । पुरुष मतदाताको संख्या ४९ दशमलव ३३ प्रतिशत थियो । स्थानीय तह निर्वाचनमा १ करोड ४० लाख ५४ हजार ४८२ जना मतदाता थिए । ती मध्ये ६९ लाख ४८ हजार ६ सय २५ महिला थिए भने ७० लाख ६९ हजार सात सय १४ पुरुष मतदाता रहेको निर्वाचन आयोगको अभिलेखले देखाएको छ । स्थानीय तह निर्वाचनमा महिलाको भन्दा पुरुष मतदाताको संख्या १ लाख पाँच हजार ८९ बढी थियो । आगामी निर्वाचनमा ७७ लाख ७६ हजार ६२८ पुरुष मतदाता छन् भने ७६ लाख ५१ हजार १४३ महिला मतदाता छन् । यो निर्वाचनमा १६७ जना तेस्रोलिंगी मतदाता रहेको आयोगले जनाएको छ । स्थानीय निर्वाचनमा तेस्रोलिंगी मतदाताको संख्या १५३ थियो ।
अन्नपूर्णबाट

Logo