उत्कृष्ट शैक्षिक नतिजा, अनुभवी प्राध्यापक, आधुनिक सिकाइ वातावरण र करिअर केन्द्रित शिक्षाका लागि परिचित प्राज्ञिक थलाे हाे, नेपाल मेगा कलेज । काठमाडाैंकाे बबरमहलमा सन् २०११ मा स्थापना भएको यो कलेजले छोटो समयमै उत्कृष्ट शैक्षिक उपलब्धि र विश्वासिलो पहिचान निर्माण गर्न सफल भएको छ।
त्रिभुवन विश्वविद्यालयसँग आबद्ध नेपाल मेगा कलेजले वर्तमान समयको आवश्यकता अनुरूप स्नातक तहमा ब्याचलर अफ सोसल वर्क (बिएसडब्ल्यू), ब्याचलर अफ बिजनेस स्टडीज (बीबीएस), ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए) तथा ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट (बीबीएम) कार्यक्रम सञ्चालन गर्दै आएको छ। यी कार्यक्रमहरू केवल शैक्षिक प्रमाणपत्रमा सीमित नभई व्यावहारिक सीप, नेतृत्व क्षमता, उद्यमशीलता र रोजगारीयोग्यता विकासमा केन्द्रित छन्।
उत्कृष्ट शैक्षिक नतिजा, अनुभवी प्राध्यापक, आधुनिक सिकाइ वातावरण र करिअर केन्द्रित शिक्षाका लागि परिचित प्राज्ञिक थलाे हाे, नेपाल मेगा कलेज ।
कलेजको भिजन अनुसन्धानमुखी, सिर्जनशील र ज्ञानमा आधारित समाज निर्माण गर्नु हो, जहाँ विद्यार्थीले नयाँ विचार सिर्जना गर्ने क्षमता, समस्याको समाधान खोज्ने दक्षता तथा समाज रूपान्तरणमा योगदान दिने नेतृत्व विकास गर्न सकून्।
नेपाल मेगा कलेजमा नियमित कक्षाका साथै विद्यार्थीहरूलाई डाटा साइन्स, डिजिटल मार्केटिङ, ट्याली र इन्फोग्राफिक्स लगायतका बजारमुखी तथा उद्योगसँग प्रत्यक्ष जोडिएका मूल्य-संवर्धित पाठ्यक्रम समेत उपलब्ध गराइन्छ। साथै, सीभी लेखन, भाषा विकास र व्यावसायिक तालिमजस्ता कार्यक्रमहरू मार्फत विद्यार्थीहरूमा रोजगारीका लागि आवश्यक व्यावसायिक दक्षता विकास गराइन्छ। कलेजले योग्य विद्यार्थीहरूलाई शतप्रतिशत जब प्लेसमेन्ट सपाेर्ट उपलब्ध गराउने लक्ष्यका साथ विभिन्न उद्योग तथा व्यवसायहरूसँग सहकार्य गर्दै आएको छ।
यति मात्र होइन, समूहमा आधारित शिक्षण पद्धति, अनुभवी तथा दक्ष प्राध्यापक, आधुनिक शैक्षिक पूर्वाधार, प्रभावकारी परामर्श कार्यक्रम र विद्यार्थीमैत्री सिकाइ वातावरण यस कलेजका प्रमुख विशेषता हुन्।
कलेजले योग्य विद्यार्थीहरूलाई शतप्रतिशत जब प्लेसमेन्ट सपाेर्ट उपलब्ध गराउने लक्ष्यका साथ विभिन्न उद्योग तथा व्यवसायहरूसँग सहकार्य गर्दै आएको छ।
विद्यार्थीहरूलाई ह्याकाथन, कोडिङ प्रतियोगिता, प्राविधिक कार्यशाला, सेमिनार, उद्यमशीलता कार्यक्रम, आईटी क्लब, ई-स्पोर्ट्स तथा नेतृत्व विकासका विभिन्न गतिविधिहरूमा सक्रिय रूपमा सहभागी गराइने व्यवस्था गरिएको छ। यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको प्राविधिक दक्षताका साथै सञ्चार क्षमता, समूहमा काम गर्ने सीप, नेतृत्वदायी भूमिका, सिर्जनशीलता र समस्या समाधान गर्ने क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने कलेजको दाबी छ।
“मेगा सेन्टर फर एक्सिलेन्स” भन्ने आफ्नो मूल नारालाई आत्मसात् गर्दै आएको यस कलेजले बोर्ड परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्नुका साथै चिकित्सा, इन्जिनियरिङ, प्यारामेडिकल र व्यवस्थापनलगायतका प्रतिस्पर्धात्मक क्षेत्रमा विद्यार्थीलाई उल्लेखनीय सफलता दिलाउँदै आएको छ। यही कारण देशका विभिन्न जिल्लाबाट विद्यार्थीहरू अध्ययनका लागि यस कलेज रोज्ने गरेका छन्।































