आइएसटी कलेजः एकैसाथ एकेडेमिक डिग्री र प्रोफेसनल सर्टिफिकेटको अवसर

आइएसटी कलेजः एकैसाथ एकेडेमिक डिग्री र प्रोफेसनल सर्टिफिकेटको अवसर

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं । आइएसटी कलेज नेपालको हस्पिटालिटी तथा टुरिजम शिक्षालाई अन्तर्राष्ट्रिय उचाइमा पुर्‍याउने दृढ अठोटका साथ अघि बढिरहेको गुणस्तर प्रत्यायाेजन प्रमाणित शैक्षिक संस्था हो । देशकै सबैभन्दा जेठो र प्रतिष्ठित त्रिभुवन विश्वविद्यालयको सम्बन्धन, दुई दशक लामो युरोपेली शैक्षिक अनुभव र उद्योगसँगको प्रत्यक्ष साझेदारीका कारण यो कलेज हालका वर्षहरूमा विद्यार्थीहरूको मुख्य रोजाइ बन्न सफल भएको छ ।

आइएसटीको हस्पिटालिटी शिक्षाको जग अस्ट्रियाको प्रतिष्ठित साल्जबर्ग युनिभर्सिटी अफ एप्लाइड साइन्ससँगको दुई दशक लामो सहकार्यबाट बसेको हो। नेपालमा होटल म्यानेजमेन्ट शिक्षालाई संस्थागत र व्यावसायिक बनाउने उद्देश्यले सुरु भएको यो सहकार्यले नेपाली विद्यार्थीलाई विश्वस्तरीय पाठ्यक्रम, अन्तर्राष्ट्रिय प्रशिक्षक र युरोपेली ‘लर्निङ बाइ डुइङ’ पद्धतिसँग जोड्न सफल भएकाे छ ।

पछिल्लो समय यसै थप अनुभवलाई परिष्कृत गर्दै आइएसटी कलेजले त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त नेपाल कलेज अफ टाभल एण्ड टुरिजम मेनेजमेन्टलाई स्वामित्वमा लिई व्यवस्थापन गरिरहेको छ ।

आइएसटी कलेज नेपालको हस्पिटालिटी तथा टुरिजम शिक्षालाई अन्तर्राष्ट्रिय उचाइमा पुर्‍याउने दृढ अठोटका साथ अघि बढिरहेको गुणस्तर प्रत्यायाेजन प्रमाणित शैक्षिक संस्था हो ।

प्लस टु लेभलमै विद्यार्थीहरूलाई इन्टर्नसिपको सुविधा दिने शैक्षिक संस्थाको परिचय बनाएको आइएसटीले अहिले त्रिविको सम्बद्धनमा स्नातकमा बीएचएम, बीटीटीएम तथा स्नातकोत्तरमा एमटीटीएम कार्यक्रमहरू सञ्चालन गरिरहेको छ, जसले गर्दा यहाँको डिग्री राष्ट्रिय रूपमा मात्र नभई विश्व बजारमा पनि उत्तिकै प्रतिस्पर्धी बनेको छ ।

आइएसटी कलेजको मुख्य विशेषता भनेको विद्यार्थीहरूलाई सर्टिफाइड हस्पिटालिटी प्राेफेसनल सर्टिफिकेसन कोर्ष पनि प्रदान गर्नु हो । बीएचएम र बिटीटीएमका विद्यार्थीहरूलाई उपलब्ध गराइने यो विशेष कोर्षले उनीहरूलाई सफ्ट स्किल्समा अन्यभन्दा अब्बल बनाउँछ । कलेजका अनुसार विद्यार्थीहरूले स्नातक पूरा गर्दा एकैसाथ एउटा एकेडेमिक डिग्री र अर्को प्रोफेसनल सर्टिफिकेट प्राप्त गर्नेछन्, जसले वैदेशिक अध्ययन वा अन्तर्राष्ट्रिय रोजगारीमा जान चाहनेहरूको ‘सीभी’लाई अन्तर्राष्ट्रिय बजारमा थप वजनदार बनाउँछ ।

नेपाल कलेज अफ ट्राभल एण्ड टुरिज्म म्यानेजमेन्ट (एनसीटीटीएम)लाई आफ्नो स्वामित्वमा ल्याई व्यवस्थापन गर्नु आइएसटीको शैक्षिक यात्राको अर्को महत्वपूर्ण कोसेढुंगा हो । एनसीटीटीएमसंगको समायोजन पछि अब विद्यार्थीले होटल सञ्चालनदेखि एयरलाइन्स, ट्राभल एजेन्सी र इभेन्ट म्यानेजमेन्ट सम्मको बृहत् ज्ञान एकीकृत रूपमा प्राप्त गर्छन्, जसले बजारको माग अनुसार मल्टिटास्किङ वर्क्सफाेर्स उत्पादन गरिरहेको छ ।

‘लर्निङ बाइ डुइङ’ अवधारणाअन्तर्गत कलेजकै स्वामित्व र व्यवस्थापनमा सन्चालित अर्को संस्था आइएसटी सेकेण्डरी स्कुलले कक्षा १२ को अन्तिम परीक्षा लगत्तै विद्यार्थीहरूका लागि ३ देखि ६ महिनाको ‘रियल इन्टर्नसिप’ कार्यक्रम सुरु गर्दछ । विद्यार्थीहरूले काठमाडौंका प्रतिष्ठित ४ तथा ५ तारे होटलहरूमा प्रत्यक्ष काम गरी रियल इन्डस्ट्री एक्सपाेजर बटुल्ने अवसर पाउँछन्, जसले उनीहरूको करिअरमा ‘रकेट कक’ को काम गर्दछ ।

आइएसटी विद्यार्थीको व्यक्तित्व तिखार्ने पाठशाला पनि हो । यहाँ पाठ्यक्रमका अतिरिक्त पर्सनालिटी डेभलपमेन्ट र पब्लिक स्पिकिङ, कम्युनिकेसन स्किल डेभलपमेन्ट, भोकेसनल सर्टिफिकेट कोर्षहरू, शतप्रतिशत जब प्लेसमेन्ट सपोर्टमा पनि कलेजले कुनै कसर बाँकी राख्दैन ।

किताबी ज्ञानको घेराबाट बाहिर निस्केर प्रविधिको प्रयोग र प्रयोगात्मक अभ्यासका माध्यमबाट विद्यार्थीलाई ‘ग्लोबल लिडर’ बनाउन तत्पर आइएसटी कलेज देशकै उत्कृष्ट छनोट हो ।

Logo