प्रकाशको अन्त्येष्टि आजै, दिउँसो १–४ बजेसम्म पेरिस डाँडामा श्रद्धाञ्जली दिइने

प्रकाशको अन्त्येष्टि आजै, दिउँसो १–४ बजेसम्म पेरिस डाँडामा श्रद्धाञ्जली दिइने

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ३ मंसिर ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिस डाँडामा राखिएको छ ।

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिएअनुसार, दिउँसो १ देखि ४ बजेसम्म श्रद्धाञ्जलीका लागि प्रकाशको पार्थिव शरीर पेरिस डाँडामा राखिने भएको हो । पेरिसडाँडाको श्रद्धाञ्जलीपछि प्रकाशको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।

सगरमाथा आरोहीसमेत रहेका दाहालको आज बिहान हृदयाघातका कारण निधन भएको थियो ।

Skip This
Skip This
Logo