सलमान खान के बिरामी छन् ?

सलमान खान के बिरामी छन् ?

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । भारतीय बलिउड अभिनेता सलमान खानले आफ्नो स्वास्थ्यलाई लिएर सामाजिक सञ्जालमा फैलिएको शङ्का र हल्लाको व्यङ्ग्यात्मक शैलीमा जवाफ दिएका छन्।

हालै एक सार्वजनिक कार्यक्रममा देखिएका उनका भिडियो र तस्बिरहरूलाई लिएर फ्यानहरूले चिन्ता व्यक्त गरेपछि उनले आफ्नो इन्स्टाग्राममार्फत अनौठो प्रतिक्रिया दिएका हुन्।

मुम्बईमा ‘स्लम रिहाबिलिटेशन अथोरिटी’को डेटा सङ्कलन केन्द्रको उद्घाटन तथा लाभग्राहीलाई घरको चाबी हस्तान्तरण गर्ने कार्यक्रममा ६० वर्षीय सलमान उपस्थित भएका थिए। सो कार्यक्रमका भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि धेरै प्रयोगकर्ताहरूले उनी पहिलेभन्दा दुब्लो, थकित र अस्वस्थ देखिएको टिप्पणी गरेका थिए।

सीधा रूपमा हल्लाको खण्डन नगरे तापनि सलमानले इन्स्टाग्राममा आफ्ना केही नयाँ तस्बिरहरू पोस्ट गर्दै “तपाईँहरूको स्वास्थ्य कस्तो छ?” भन्दै क्याप्सन लेखेका छन्।

सलमान वा उनको टोलीका तर्फबाट कुनै स्वास्थ्य समस्या रहेको आधिकारिक पुष्टि भएको छैन।

Logo