काठमाडौं,३, मंशिर
भूकम्पले ध्वस्त भएका विद्यालय पुनर्निर्माणमा २६ अर्ब रुपियाँ सकिएको छ। विद्यालय भवन पुनर्निर्माण आयोजना कार्यान्वयन एकाइले हाल सम्म २ हजार ७ सय विद्यालय भवन पुनर्निर्माणको काम लागी सो रकम खर्च भएको जनाएको छ । "/>

विद्यालय पुनर्निर्माणमा २६ अर्ब खर्च

विद्यालय पुनर्निर्माणमा २६ अर्ब खर्च

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,३, मंशिर
भूकम्पले ध्वस्त भएका विद्यालय पुनर्निर्माणमा २६ अर्ब रुपियाँ सकिएको छ। विद्यालय भवन पुनर्निर्माण आयोजना कार्यान्वयन एकाइले हाल सम्म २ हजार ७ सय विद्यालय भवन पुनर्निर्माणको काम लागी सो रकम खर्च भएको जनाएको छ । एकाइ प्रमुख सहसचिव इमनारायण श्रेष्ठले भूकम्पले ध्वस्त ७ हजार ९ सय २३ वटा विद्यालय भवन पुनर्निर्माण गर्दा उक्त रकम सकिएको जानकारी दिए । हाल सम्म १ हजार ३ सय निर्माणको चरणमा रहेको, ५ सय छनौटको प्रक्रियामा र १ हजारको सूची तयारीको अवस्थामा रहेको जानकारी दिए । ‘यो वर्ष हामी थप १ हजार विद्यालय भवन पुनर्निर्माण गर्ने तयारी गरिरहेका छौं।’ –उनको दाबी छ।

प्राविधिक कठिनाइ सामग्रीको अभाव र केही स्थानमा राजनीतिका कारण भवन पुनर्निर्माण समस्या परेको जानकारी गराउँदै कुनै समस्या नभए अबको तीन वर्षमा सम्पूर्ण विद्यालय भवन निर्माण सम्पन्न भइसक्ने बताए । सरकारले समयमै बजेट उपलब्ध गराए अबको ३ वर्षमा पुनर्निर्माणको काम सक्ने दाबी एकाइको छ।

नेपाल समाचारपत्रबाट

 

Skip This
Skip This
Logo