भोजपुर ,३, मंशिर

षडानन्द नगरपालिकामा राखिछाडिएको बम हटाउने क्रममा हिजो प्रहरी र अज्ञात समूहवीच भिडन्त भएको छ । "/>

प्रहरी र बम राख्ने समूहबीच भोजपुरमा गोली हानाहान

प्रहरी र बम राख्ने समूहबीच भोजपुरमा गोली हानाहान

केन्द्रबिन्दु
0
Shares

भोजपुर ,३, मंशिर

षडानन्द नगरपालिकामा राखिछाडिएको बम हटाउने क्रममा हिजो प्रहरी र अज्ञात समूहवीच भिडन्त भएको छ । षडानन्द नगरपालिका–१३ बोयाको भिरथाप्लो भन्ने ठाउँमा राखिएको टाइमबम हटाउने क्रममा प्रहरी र अज्ञात समूहबीच भिडन्त भएको हो ।

टाइमबम राखिएको हल्ला चलेपछि त्यसलाई हटाउन गएका प्रहरी र उक्त समूह बीच गोली हानाहान भएको हो । सो बम पड्ँकिदा छर्रा लागेर तीनजना घाइते भएका छन् । घाइते हुनेमा नेकपा (एमाले) का कार्यकर्ता विक्रम राई, प्रहरी सहायक निरीक्षक उमेश मेहता र प्रहरीजवान देवनारायण चौधरी छन् । बम हटाउने क्रममा पड्किए पछि भिडन्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गीतनारायण चौधरीले जानकारी दिए । यसैबीच हिजै भोजपुरको उत्तरी साल्पासिलिछो गाउँपालिकाको कुलुङमा वाम गठबन्धनको कार्यक्रम भइरहेको स्थानमा पनि बम पड्किएको छ । वाम गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार सुदन किराँती र प्रदेश (क) का उम्मेदवार राजेन्द्रकुमार राईको चुनावीसभा स्थल नजिकै बम पड्किएपछि सभा तितरबितर भएको थियो । विस्फोटबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo