लमजुङ, २ मंसिर
शान्तिपूर्ण चुनावी अभियान चलिरहेको जिल्लामा आज सदरमुकाम बेँसीशहरमै बम फेला परेको छ । बेँसीशहर–८, अस्पताल चोकमा फेला परेको बमलाई नेपाली सेनाले निष्क्रिय पारेको छ । "/>

लमजुङ सदरमुकाम बेँसीशहरमा सुतली बम फेला

लमजुङ सदरमुकाम बेँसीशहरमा सुतली बम फेला

केन्द्रबिन्दु
0
Shares

लमजुङ, २ मंसिर
शान्तिपूर्ण चुनावी अभियान चलिरहेको जिल्लामा आज सदरमुकाम बेँसीशहरमै बम फेला परेको छ । बेँसीशहर–८, अस्पताल चोकमा फेला परेको बमलाई नेपाली सेनाले निष्क्रिय पारेको छ । लमजुङ जिल्ला सामुदायिक अस्पताल छेउ सडक नालीमा शंकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उक्त बमलाई नेपाली सेनाको श्रीजङ गणबाट आएको बम डिस्पोजल टोलीले निष्क्रिय पारेका थिए ।

नेपाली सेनाका अनुसार सिलौटको कित्ली भित्र सुतली बम भेटिएको थियो । दुई पटकको प्रयास पछि बम निष्क्रिय पारिएको श्रीजङ गणका प्रमुख सेनानी माधव थापाले जानकारी दिए । यस अघि आज बिहानै बेंसीशहर नजिकैको वनमा पनि बम पड्काइएको थियो । बिहान करिब ६ बजे चर्को आवाजमा बम पड्किएपछि सर्वसाधारण आतंकित भएका थिए । आज सदरमुकाम बेँसीशहरमा नेपाली काँग्रेसको आमसभा हुँदैछ । आमसभामा वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले सम्बोधन गर्ने नेपाली काँग्रेस लमजुङले जनाएको छ ।
रासस

Skip This
Skip This
Logo