रसुवा, २ मंसिर
अवैध तरिकाले चीनको केरुङ नाकाबाट नेपाल भित्र्याइएको सुन सहित आज बिहान एक युवकलाई सीमा प्रहरीचौकी टिमुरेले पक्राउ गरेको छ । "/>

रसुवामा १७ किलो सुन सहित एक युवक पक्राउ : अनुसन्धान जारी

रसुवामा १७ किलो सुन सहित एक युवक पक्राउ : अनुसन्धान जारी

केन्द्रबिन्दु
0
Shares

रसुवा, २ मंसिर
अवैध तरिकाले चीनको केरुङ नाकाबाट नेपाल भित्र्याइएको सुन सहित आज बिहान एक युवकलाई सीमा प्रहरीचौकी टिमुरेले पक्राउ गरेको छ । सीमा प्रहरीचौकी टिमुरेका प्रहरी निरीक्षक रञ्जनकुमार दाहालका अनुसार अवैध रुपमा ल्याएको १७ किलो सुन सहित पार्वतीकुण्ड गाउँपालिका अन्तर्गत चिलिमेका ३१ वर्षीय कारसाङदावा तामाङलाई बिहान ९ः३० बजे रसुवागढी नाकामा पक्राउ गरिएको हो । सुन ल्याउन प्रयोग भएको बा ११ च ७९१८ नं को बोलोरो जिप समेत नियन्त्रणमा लिई कानूनी प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक दाहालले बताएका छन् ।
गएको २ महिना यता यसरी अवैद्य तरिकाले सुनको तस्करी हुने क्रम निरन्तर छ । यस अवधिमा करिव डेढ सय केजी अवैद्य सुन प्रहरीले बरामद गरिसकेको छ । यसले नेपालको सुरक्षा निकायलाई ठूलो चुनौती थपेको बताइएको छ ।
रासस

Logo