काठमाडौं ,२, मंशिर
निर्वाचन आयोगले चुनावका लागि थप सुरक्षा व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। संघ तथा प्रदेशसभाका उम्मेदवारलाई लक्ष्य गरी बम विस्फोट तथा भौतिक आक्रमणका घटना बढ्न थालेपछि आयोगले सरकारलाई सुरक्षा चुस्त पार्न निर्देशन दिएको हो।
आयोगले शुक्रबार विज्ञप्ति प्रकाशन गरी यस्ता घटनाले मतदाता, उम्मेदवारलाई हतोत्साहित गर्ने तथा निर्वाचन गतिविधिमा नकारात्मक असर पर्ने भन्दै बेलैमा थप सतर्कता अपनाउन भनेको छ। विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनका लागि सरकारले तयार पारेको सुरक्षा योजना प्रति आयोग विश्वस्त रहे पनि केही दिनयता विभिन्न ठाउँमा भएका घटनाबाट उम्मेदवारले शान्तिपूर्ण रूपमा प्रचार प्रसार गर्न पाउने अधिकार र मतदाताले भय रहित वातावरणमा मतदान गर्न पाउने नैसर्गिक अधिकारमा बाधा पुर्याउने कार्यले आयोगलाई स्तब्ध तुल्याएको छ।
अन्नपूर्णबाट





























प्रतिक्रिया