काभ्रे ,२, मंशिर
काभ्रेको बनेपामा बा २ ख ६१७३ नम्बरको ट्रिपरले ना १६ प २७१७ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको छ । बनेपा हुँदै काठमाण्डौ तर्फ गईरहेको ट्रिपरले फरक साईडमा गएर मोटरसाईकललाई ठक्कर दिइएको बताईएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार चालक धुलिखेल नगरपालिका २ बस्ने बिशाल तामाङ घाइते रहेको र उनको धुलिखेल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।ट्रिपर चालक प्रहरीको नियन्त्रणमा रहेको बताईएको छ । घटना लगत्तै आक्रोशित भएको भिडले ट्रिपर माथी तोडफोड गरेका छन् । घटनाबारे अनुसन्धान भईरहेको छ । बनेपामैँ दुई दिन अघि मात्रै एक बृद्धलाई सवारीले ठक्कर दिएर मृत्यु भएको घटना अझै पत्ता लाग्न सकेको छैन भने एक हप्ता अघि मात्रै काभ्रेको पाँचखाल स्थीत एक नाबालकलाई टिपरले किचेर मृत्यु भएको थियो । यसरी टिपरले अन्य सवारी साधनलाई पेल्ने त छँदै छ सडक नै कब्जामा लिएर साईड लाईड बाल्दै कुदाउँदै गर्छन् । यस विषयमा पटक पटक कुरा उठे पनि कुनै ठोस निर्णय नहुँदा काभ्रेमा ट्रिपरचालकहरुको लापरबाही वढीरहेको छ ।































प्रतिक्रिया