क्रिकेटर सावित्रीलाई अमरावतीको सम्मान

क्रिकेटर सावित्रीलाई अमरावतीको सम्मान

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । एसीसी महिला यू–१९ प्रिमियर कपमा गरेको ऐतिहासिक प्रदर्शनका लागि अमरावती बुटिक होटलले सावित्री धामीलाई नगदसहित सम्मान गरेको छ।

अमरावती बुटिकले सावित्रीलाई ५० हजारसहित सम्मान गरेको हो। उनले यू–१९ प्रिमियर कपमा उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक रनकर्ता भएकी थिइन्। उनले कुल २ सय ५६ रन जोडिन् र नेपाली महिला यू–१९ क्रिकेटको इतिहासमा कीर्तिमान स्थापित गरिन्।

उनले प्रतियोगितामा लगातार तीन अर्धशतक बनाइन्। महिला क्रिकेट इतिहासमै लगातार तीन अर्धशतक बनाउने उनी पहिलो नेपाली खेलाडी भइन्। उनको अविजित ७८ रनको योगदानमा नेपालले सिंगापुरलाई हराएको थियो।

सावित्रीले यस सम्मानले आगामी दिनमा अझ मिहिनेत गरेर अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको नाम थप उँचो बनाउन प्रेरणा मिलेको बताइन्। अमरावती बुटिकका प्रबन्ध निर्देशक कुशल श्रेष्ठले साबित्रीको उपलब्धिलाई व्यक्तिगत सफलताभन्दा पनि नेपाली महिला क्रिकेटको इतिहासमा कोसेढुंगा साबित हुने बताए।

उनको उपलब्धिको कदरस्वरूप अमरावतीले प्रदान गरेको सम्मानले युवा खेलाडीलाई थप प्रेरणा मिल्ने विश्वास गरिएको छ। नेपालले एसीसी महिला यू–१९ एसिया कपमा स्थान बनाउन सावित्रीको प्रदर्शनको भूमिका रह्यो।

Logo