काठमाडौं,१,मंसिर
मलेसियामा जारी एसिसि यु १९ एसिया कपको सेमिफाइनलमा अफगानिस्तानलाई नेपालले १०४ रनको लक्ष्य दिएको छ । टस हारेर व्याटिङ गरेको नेपालले २८ ओभरमा अलआउट, १०३ रन मात्र जोड्न सक्यो ।
अनिल कुमार साहबाहेक अन्य ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन् । साहले अर्धशतक बनाए । ५७ बल सामना गरेका उनले एक छक्का र ७ चौकको मद्दतमा ५० रन बनाए ।
३ ओभर भित्रै २ विकेट गुमाएको नेपालले नवौं ओभरमा कप्तान दिपेन्द्र सिंह ऐरीलाई गुमाएको थियो । ११औं ओभरमा रोहितकुमार पौडेललाई ४ रनमा गुमाउँदा नेपालले ११ ओभरमा ४ विकेट गुमाएर ४१ रन मात्र बनाएको छ । ७ बल खेलेका पौडेललाई मुजिब रहमानले नै एलबिडब्लुको धरापमा पारे । अफगानिस्तानका मुजिब उर रहमानले ६ विकेट लिए ।
त्यसैगरी जितेन्द्र सिंह १ रनमा आउट हुँदा मोहम्मद आसिफ शेखले एक रन पनि जोड्न सकेनन् । रोहित कुमार पौडेल ४ रनमा, कप्तान दिपेन्द्र सिंह ऐरी ६, भिम सार्की ६ र पवन सर्राफ ८ रनमा आउट भए । सन्दिप लामिछाने ७ रनमा आउट हुँदा साहब आलम ७ रनमा नटआउट रहे ।
नेपाल समूह ‘ए’को उपविजेता र अफगानिस्तान समूह ‘बी’को बिजेताको रुपमा सेमिफाइनल खेलिरहेका छन् । आजको विजेताले फाइनलमा पाकिस्तानसँग खेल्ने छ । बिहीबार भएको सेमिफाइनलमा बंगलादेशलाई हराएर पाकिस्तान फाइनलमा प्रवेश गरिसकेको छ ।





























प्रतिक्रिया