काठमाडौं,१,मंशिर
सरकारले जग्गा प्राप्ति सम्बन्धी निर्णय गर्न नसक्दा बाहिरी चक्रपथ अन्तर्गतको साँढे ६ किलोमिटर लम्बाइको चोभार–सतुंगल सडक निर्माण कार्य अलपत्र बनेको छ । "/>

बाहिरी चक्रपथको शिलान्यास चुनाव लगत्तै हुने

बाहिरी चक्रपथको शिलान्यास चुनाव लगत्तै हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१,मंशिर
सरकारले जग्गा प्राप्ति सम्बन्धी निर्णय गर्न नसक्दा बाहिरी चक्रपथ अन्तर्गतको साँढे ६ किलोमिटर लम्बाइको चोभार–सतुंगल सडक निर्माण कार्य अलपत्र बनेको छ । मन्त्रिपरिषद्ले अहिलेसम्म निर्णय नगर्दा बाहिरी चक्रपथ अन्तर्गतको चोभार–सतुंगल सडक निर्माण कार्य अलपत्र बनेको हो । यस क्षेत्रका जग्गाधनीसँग बाहिरी चक्रपथ निर्माणमा जग्गा सम्बन्धी कुनै विवाद छैन । जग्गा प्राप्ति सम्बन्धी निर्णय सरकारको मन्त्रिपरिषद बैठकले गर्नुपर्ने व्यवस्था रहेको छ ।

मन्त्रिपरिषद्को निर्यणपछि मात्रै सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जग्गा अधिकरण गर्ने प्रक्रिया अगाडि बढाउन सक्छ । तर अब बाहिरी चक्रपथ निर्माणको काम नरोकिने सहरी विकास मन्त्री दिलनाथ गिरीले जानकारी दिए । मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री गिरीले चुनाव लगत्तै चोभार–सतुंगल खण्डको शिलान्यास हुने बताए । ‘बाहिरी चक्रपथ सडकको निर्माण कार्य विविध कारणले रोकिएको पाइयो । अब त्यसो हुने छैन । पहिलो खण्ड अन्तर्गत निर्माण गर्ने भनिएको चोभार–सतुंगल खण्डको शिलान्यास चुनाव लगत्तै हुनेछ,’ उनले भने, ‘जग्गा अधिग्रहण सम्बन्धी निर्णय अब चाँडै हुनेछ ।’ निर्वाचन सम्बन्धी आचारसंहिता लागू नभएको भए चोभार–सतुंगल खण्डको शिलान्यास कात्तिकमै भइसक्ने उनको भनाइ छ । ‘सबै काम पूरा भयो । अब मन्त्रिपरिषदबाट निर्णय हुन मात्रै बाँकी छ,’ उनले भने, ‘चुनावको आचारसंहिताले नरोकेको भए अहिलेसम्म शिलान्यास नै भइसक्थ्यो । चुनाव लगत्तै यसको शिलान्यास हुन्छ ।’
नयाँपत्रिकाबाट

Skip This
Skip This
Logo