जहाजमा क्षतिको भर्पाइ इरानको रोक्का रकमबाट गरिन्छ : ट्रम्प

जहाजमा क्षतिको भर्पाइ इरानको रोक्का रकमबाट गरिन्छ : ट्रम्प

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जहाज वा त्यसका कार्गोमा भएको क्षतिको भर्पाइ अमेरिकाको नियन्त्रणमा रहेको इरानको रोक्का गरिएको सम्पत्तिबाट गरिने बताएका छन् ।

बिहीबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा ट्रम्पले भनेका छन्, “जहाज वा कार्गोमा भएको कुनै पनि क्षतिको भर्पाइ अमेरिकाको कब्जा र नियन्त्रणमा रहेको इरानी रकमबाट गरिनेछ । यी क्षति निकै ठूलो हुन सक्छन्, तर पनि यही उचित र न्यायोचित कदम हुनेछ ।”

इरान समर्थित हुथी विद्रोहीले लालसागरमा साउदी अरेबियाका जहाजलाई निसाना बनाएपछि ट्रम्पले यस्तो प्रतिक्रिया जनाएका हुन् । ती आक्रमणपछि अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य यस वर्षको मे महिनायता पहिलोपटक प्रतिब्यारेल १०० अमेरिकी डलर पुगेको छ ।

विभिन्न अन्तर्राष्ट्रिय वित्तीय संस्थामा रोक्का गरिएका इरानको सम्पत्तिको वास्तविक परिमाण यकिन रूपमा सार्वजनिक गरिएको छैन । ती सम्पत्ति विभिन्न देश र वित्तीय प्रणालीमा छरिएर रहेकाले कुल रकम निर्धारण गर्न कठिन रहेको जनाइएको छ ।

Logo