काठमाडौं, ३०, कात्तिक
आपूर्ति मन्त्रालयले नजिकिँदै गरेको संघ र प्रदेशको चुनावलाई लक्षित गरेर अत्यावश्यक वस्तुको आपूर्ति सहज पार्न मातहतका निकायलाई निर्देशन दिएको छ । "/>

अत्यावश्यक वस्तुको आपूर्ति सहज पार्न निर्देशन

अत्यावश्यक वस्तुको आपूर्ति सहज पार्न निर्देशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ३०, कात्तिक
आपूर्ति मन्त्रालयले नजिकिँदै गरेको संघ र प्रदेशको चुनावलाई लक्षित गरेर अत्यावश्यक वस्तुको आपूर्ति सहज पार्न मातहतका निकायलाई निर्देशन दिएको छ । चुनावमा अत्यावश्यक वस्तुको खपत धेरै हुने हुँदा आपूर्ति व्यवस्था सहज पार्न नेपाल आयल निगम र खाद्य संस्थानलाई निर्देशन दिइएको हो । आपूर्ति मन्त्रालयका प्रवक्ता मुकुन्दप्रसाद पौडेलले चुनावलाई लक्षित गरी आपूर्ति व्यवस्था सहज पार्न सम्बन्धित निकायलाई निर्देशन दिइएको जानकारी दिए । “चुनावमा इन्धनको खपत धेरै हुने गर्छ,” प्रवक्ता पौडेलले भने, “अहिले देखि नै आपूर्ति व्यवस्था नियमित राख्न निगमलाई निर्देशन दिएका छौं ।” चुनावमा सवारी साधनको प्रयोग बढ्ने भएकाले इन्धनको धेरै खपत हुन्छ । त्यसैगरी मन्त्रालयले हुम्ला र डोल्पामा चामल ढुवानी गर्न खाद्य संस्थानलाई निर्देशन दिएको छ । नेपाली सेनाको हेलिकोप्टर मार्फत खाद्यान्न ढुवानी गर्न लागि सिफारिस गरिएको प्रवक्ता पौडेलले जानकारी दिए । अन्य जिल्लामा सडक सञ्जाल विस्तारसँगै स्थलमार्गबाट खाद्यान्न ढुवानी गरिँदै आएको छ । तर हुम्ला र डोल्पामा सडक सञ्जाल नपुगेपछि हवाईमार्गबाट ढुवानी गर्नुपर्ने अवस्था छ । हुम्ला र डोल्पामा ३ हजार क्विन्टल खाद्यान्न ढुवानी गर्न लागिएको खाद्य संस्थानले जानकारी दिएको छ ।
कारोबारबाट

Logo