काठमाडौँ, २९, कात्तिक
मुलुकको तराई क्षेत्रमा यस वर्ष गएको बाढीले ६१ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ भने क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि ७३ अर्ब रुपैयाँ आवश्यक पर्ने देखिएको छ । राष्ट्रिय योजना आयोगले गरेको अध्ययन अनुसार बाढीले १८ जिल्ला अति प्रभावित र ३५ जिल्ला कुनै न कुनै रूपमा प्रभावित देखिएको छ । यस मध्ये सबैभन्दा बढी क्षति आवासमा भएको देखिएको योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले जानकारी दिए । “हामीले गरेको अध्ययन अनुसार १८ जिल्ला अतिप्रभावित र ३५ जिल्ला कुनै न कुनै रूपमा प्रभावित छन्,” उनले भने, “६० अर्ब ७१ करोड रुपैयाँको क्षति भएको छ भने क्षतिग्रस्त भौतिक संरचनाको मर्मतका लागि ७३ अर्ब रुपैयाँ आवश्यक पर्ने देखिन्छ ।”
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) र विश्व बैंकको प्राविधिक सहयोगमा गरिएको अध्ययन अनुसार १८ जिल्लामा मात्रै १७ लाख जनसंख्या बाढीबाट प्रभावित भएका छन् । यस्तै २२ जना घाइते भएको अध्ययनले देखाएको छ । अध्ययन अनुसार घरहरू (आवास गृह) मा मात्रै १९ अर्ब ५१ करोड रुपैयाँ बरावरको क्षति भएको छ । सिँचाइमा १७ अर्ब, पशुपालन (चौपाया) मा १० अर्ब रुपैयाँ बराबरको क्षति भएको अध्ययनले देखाएको छ । कृषिमा ७ अर्ब २१ करोड, यातायातमा २ अर्ब ९३ करोड, शिक्षामा १ अर्ब ९२ करोड, स्वास्थ्यमा ६ करोड खानेपानी तथा सरसफाइमा ८८ करोड र ऊर्जामा २२ करोड रुपैयाँ बराबरको क्षति भएको आयोगले जनाएको छ ।
कारोबारबाट





























प्रतिक्रिया