करण केसी बने १०० विकेट लिने पहिलो नेपाली फास्ट बलर

करण केसी बने १०० विकेट लिने पहिलो नेपाली फास्ट बलर

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । करण केसी ओडिआईमा १ सय विकेट पूरा गर्ने पहिलो नेपाली फास्ट बलर बनेका छन्।

आइसिसी विश्वकप लिग–२ सिरिजअन्तर्गत सोमबार नामिबियाविरुद्ध लोरेन स्टीनक्याम्पको विकेट लिएलगत्तै उनले यो उपलब्धि हासिल गरेका हुन्।

करणले १ सय विकेट पूरा गर्न ७२ म्याच खेले। समग्रमा उनी ओडिआईमा १ सय विकेट लिने दोस्रो नेपाली बलर हुन्।

करणअघि नेपालका लागि यस फर्म्याटमा १ सय विकेट लिने कीर्तिमान स्पिनर सन्दीप लामिछानेको नाममा छ।

Logo