काठमाडौं,२८,कात्तिक

चारपटकको विश्व विजेता इटाली विश्वकप फुटबल प्रतियोगितामा छनोट हुन असफल भएको छ । "/>

पूर्वविजेता इटाली विश्वकप फुटबलमा छनोट हुन असफल !?

पूर्वविजेता इटाली विश्वकप फुटबलमा छनोट हुन असफल !?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२८,कात्तिक

चारपटकको विश्व विजेता इटाली विश्वकप फुटबल प्रतियोगितामा छनोट हुन असफल भएको छ । घरेलु मैदानमा स्वीडेनसँग भएको अन्तिम प्लेअफ म्याचमा गोल रहित बराबरीमा रोखिए पछि इटाली विश्वकपबाट बाहिरिएको हो । पहिलो प्लेअफमा १–० ले विजयी भएको स्वीडेन समग्रमा १–० गोलले विजयी हुँदै आगामी वर्ष रसियामा हुने विश्वकपका लागि टिकट पक्का गर्यो । उता इटाली भने ६० वर्ष पछि पहिलो पटक विश्वकप प्रतियोगितामा पुग्नबाट बञ्चित भयो । १९५८ मा स्वीडेनले आयोजना गरेको विश्वकप खेल्न असफल भएको इटाली त्यसयता निरन्तर विश्वकप प्रतियोगितामा छनोट हुँदै आएको थियो । पूर्वविजेता इटाली विश्वकप प्रतियोगितामा पुग्न असफल भएपछि फुटबल प्रशंसकहरूले खल्लो महसुस गरेका छन् ।
एजेन्सी

Logo