‘चिपक चिपक…’ ले बजार तताउँदै

‘चिपक चिपक…’ ले बजार तताउँदै

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २७ कात्तिक ।

केकी अधिकारी र नाजिर हुसेन अभिनित चलचित्र ‘रज्जा रानी’को ‘चिपक चिपक…’ बोलको गीतले बिस्तारै बजार तताउँदै छ । गीतले ४८ घण्टामा २ लाख ४८ हजार २ सय ५१ भ्युज कटाएकोे छ ।

राजेन्द्र थापाका शब्द, नरहरि प्रेमी र सुमिना लोको आवाज रहेको उक्त गीतमा नाजिर र केकीको मनमोहक नृत्यका साथै उनीहरूको जमेको केमेस्ट्री पनि देख्न सकिन्छ ।

गीतलाई विक्रम सुवारले कोरिओग्राफी गरेका छन भने चलचित्रका निर्देशक यम थापा हुन् । आगामी पुस २१ गतेबाट प्रर्दशनमा आउने तयारीमा रहेको यो चलचित्र अहिले व्यापक प्रचारप्रसारमा लगिएको निर्माण पक्षले बताएको छ ।

Skip This
Skip This
Logo