दित्य ओभरसिजबाट ठगिएकालाई २४ लाख क्षतिपूर्ति

दित्य ओभरसिजबाट ठगिएकालाई २४ लाख क्षतिपूर्ति

केन्द्रबिन्दु
9
Shares

काठमाडाैं । वैदेशिक रोजगार विभागले दित्य ओभरसिज प्रालीबाट ठगिएका ४८ जनालाई क्षतिपूर्ति दिलाउँदै प्रालीलाई ५० हजार रुपैयाँ जरिवाना समेत गरेको छ।

साउन १२ गते ४८ जना व्यक्तिहरूलाई ठगी गरेको र पहिलो पटकको निर्देशन पालना नगरेकोमा ओभरसिजलाई दोस्रो पटक जरिवाना गरेको हो । वैदेशिक रोजगार ऐन, २०६४ को दफा ५३ बमोजिम ४८ जना व्यक्तिबाट तोकिएकोभन्दा बढी शुल्क लिएको सम्बन्धमा चौबीस लाख र विभागको आदेश वा निर्देशन पालना नगरेको हकमा २०६४को दफा ५४ बमोजिम दोस्रो पटकलाई रु ५० हजार जरिवाना गरिएको छ।

विभागले यसअघि पनि तोकिएको भन्दा बढी शुल्क लिएको भनी पहिलोपटक सचेत गराएको थियो।

Logo