काठमाडौं,२७, कात्तिक
विगतका निर्वाचन भन्दा यसपटकको निर्वाचनमा सरकारी खर्च अत्याधिक बढ्ने भएको छ । चौतर्फी बढ्दै गएको महँगी र प्रतिनिधिसभा तथा प्रदेशसभा गरी दुई निकायको निर्वाचन एकै पटक हुन लागेकाले सरकारी खर्च अत्याधिक बढ्ने भएको हो । निर्वाचन आयोगले आगामी १० र २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सरकारसँग १० अर्ब रुपैयाँ माग गरेको छ । यस अघिका निर्वाचनमा भएको खर्च र यसपटक बढ्ने रकम समेतलाई आधार बनाउँदै आयोगले अर्थ मन्त्रालयसँग सो रकम माग गरेको हो ।
यसैगरी गृह मन्त्रालय मार्फत पनि निर्वाचन आयोगकै हाराहारीमा खर्च हुने भएको छ । गृह मन्त्रालय मार्फत हालै भर्ना भएका करिब ९८ हजार म्यादी प्रहरी र तिनका लागि लाग्ने खर्च तथा अन्य सुरक्षा निकायअन्तर्गत विभिन्न प्रयोजनमा हुने खर्च पनि झन्डै १० अर्बकै हाराहारीमा पुग्ने देखिएको छ । यी दुवै खर्च जोड्दा आगामी निर्वाचनमा २० अर्बको हाराहारीमा सरकारी बजेट खर्च हुने देखिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।
राजधानीबाट





























प्रतिक्रिया