लिबाङ , २७, कात्तिक
एम्बुस विष्फोट गराइएको २४ घण्टा नपुग्दै नेकपा (माओवादी केन्द्र) का नेता एवम् वाम गठबन्धनको तर्फबाट रोल्पाका प्रतिनिधिसभा सदस्य उम्मेदवार वर्षमान पुन ‘अनन्त’लाई लक्षित गरि गोली प्रहार भएको छ । "/>

वर्षमान पुन माथि फेरि आक्रमणः लक्षित गरी गोली प्रहार

वर्षमान पुन माथि फेरि आक्रमणः लक्षित गरी गोली प्रहार

केन्द्रबिन्दु
0
Shares

लिबाङ , २७, कात्तिक
एम्बुस विष्फोट गराइएको २४ घण्टा नपुग्दै नेकपा (माओवादी केन्द्र) का नेता एवम् वाम गठबन्धनको तर्फबाट रोल्पाका प्रतिनिधिसभा सदस्य उम्मेदवार वर्षमान पुन ‘अनन्त’लाई लक्षित गरि गोली प्रहार भएको छ । दुईखोली गाउँपालिका–६ वागमारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्न जाने क्रममा आइतबार बिहान ११ बजेर २५ मिनेट जाँदा पेस्तोलबाट गोली प्रहार भएको प्रहरीले जनाएको छ ।
दुईखोला गाउँपालिका–३ केउरी खोलाको जंगलबाट अज्ञात व्यक्तिले पेस्तोलबाट गोली हानेको प्रहरीको भनाइ छ । पूर्वअर्थमन्त्री समेत रहेका पुन चढेको वा १५ च ८६२८ नम्बरको गाडीलाई लक्षित गरी एक राउण्ड फायरिङ भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिए । राङ्सीको चुनावी सभापछि बागमारा तर्फ जाँदै गर्दा भीरबाट ढुंगामुढा समेत पल्टाएर बाटो अवरोध गर्न खोजिएको थियो। पेस्तोलको आवाज आएपछि प्रहरीले जवाफी फायरिङ गरेको हो। ५/६ सय मिटर टाढाको दूरीबाट पेस्तोलको आवाज आएको प्रहरीको दाबी छ। चुनावी सभामा सहभागी हुनका लागि प्रतिनिधिसभाका उम्मेदवार अनन्त, प्रदेशसभा उम्मेदवार एवं माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य दीपेन्द्र पुन, समानुपातिक उम्मेदवार जयपुरी घर्ती, ईश्वरी घर्ती, कुमार दशौदी, एमालेका पोलिटब्यूरो सदस्य एवं सचेतक गोकुल घर्ती, एमाले जिल्ला अध्यक्ष हरीप्रसाद घर्ती साथमै थिए।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo