एनआइसी र नबिल इन्भेस्टमेन्ट बैंकबीच हस्ताक्षर

एनआइसी र नबिल इन्भेस्टमेन्ट बैंकबीच हस्ताक्षर

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २६ कात्तिक ।

एनआइसी एशिया बैंकले ३ अर्ब रुपैयाँ बराबरको “एनआइसी एशिया ऋणपत्र २०८१-८२” निष्कासनका लागि नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्ति गरेको छ । एनआइसीले १,००० अंकित दरका ३०,००,००० कित्ताले हुन आउने सो मूल्य बराबरको ऋणपत्रका लागि नबिललाई नियुक्त गरेको हो ।

ऋणपत्र निष्काशन सम्बन्धि सम्झौता पत्रमा एनआइसी एशिया बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल र नबिल इन्भेष्टमेन्ट बैंकिङ लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र मध्ये ८० प्रतिशत (रु.२ अर्ब ४० करोड) व्यक्तिगत र २० प्रतिशत (रु. ६० करोड) सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात् निष्काशन तथा बिक्री खुला गरिने बैंकले जनाएको छ । प्रस्तावित ९ प्रतिशत वार्षिक ब्याजदरले अर्धवार्षिक रुपमा ब्याज झुक्तानी गर्ने गरी ७ वर्ष अवधिको लागि ऋणपत्र निष्कासन गर्न लागिएकोे छ ।

यस ऋणपत्रले लगानीकर्तालाई उच्चतम प्रतिफल प्राप्त हुने बैंकको विश्वास छ ।

Skip This
Skip This
Logo