‘हामी जितको बाटोमा छौं’ : बाइडन

‘हामी जितको बाटोमा छौं’ : बाइडन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

डेमोक्र्याटिक पार्टीका राष्ट्रपतीय उम्मेदवार तथा पूर्वउपराष्ट्रपति जो बाइडनले डेलावेयर राज्यमा आफ्ना समर्थकहरूलाई केहीबेर अघि सम्बोधन गरेका छन्।

बाइडनले आफू जितको बाटोमा अघि बढेको आफ्नो विश्वास रहेको बताएका छन् । उनले निर्वाचन मत परिणामप्रति आफू आशावादी रहेको पनि बताए।

उनले डेलावेयरमा बोल्दै निर्वाचनमा आस्था राख्दै आफूहरूको विजय हुने दावी पनि गरे । उनले भने , जबसम्म अन्तिम मतको गणना हुँदैन, तबसम्म यो सकिँदैन।

राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अमेरिकी समय अनुसार मङ्गलबार राति नै सम्बोधन गर्ने कार्यक्रम छ। उनी ह्वाइट हाउसबाट ४०० सहभागीसहित चुनावी मतगणनाको नतिजा हेरिरहेका छन् ।बीबीसी

Logo