केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २४ कात्तिक ।
मान्छेले आफू मरेर गएपछि पनि कमाउँछन् ? पक्कै पनि । संसारमा यस्ता व्यक्तिहरू छन्, जसले मृत्युपछि पनि कमाइ गरिरहेका छन् । त्यो पनि चानचुन कमाइ होइन, करोडौं डलर । तिनै व्यक्तिहरूको कथा हो यो ।
यी विश्वप्रसिद्ध व्यक्तिहरू हुन्, जसका कृति वा रचनाहरूको रोयल्टी अहिले पनि निरन्तर आउने गर्छ । त्यो रोयल्टी करोडौं रुपैयाँ छ ।
माइकल ज्याक्सन
विख्यात पपस्टार माइकल ज्याक्सनलाई नचिन्ने सायदै होलान् । उनको अप्रत्याशित मृत्यु भयो । तर, मृत्युपछि पनि उनी बेजोड कमाइ गरिरहेका छन् । यस वर्ष मात्र माइकलले आठ सय करोडभन्दा बढी रुपैयाँ कमाए ।
आर्नोल्ड पामर

आर्नोल्ड पामर लाई गल्फ किंग भनिन्थ्यो । उनले आफ्नो जीवनमा अधिक पैसा कमाए । उनको मृत्यु ८७ वर्षमा भयो । उनी मरेको एक महिना हुँदैछ । अचम्मलाग्दो त के भने, मरेपछि पनि उनको महिनाको कमाइ चार करोड डलर छ ।
चार्ल्स शूल्ज

भनिहालौं, उनी आफ्नो जमानाका सर्वाधिक चर्चित कार्टुनिस्ट थिए । उनको मृत्यु सन् २००० मा भयो । तर, उनको कमाइको सिलसिला अहिले पनि जारी छ । उनले यस वर्ष मात्र करिब पाँच सय करोड रुपैयाँ कमाइ गरे ।
एल्भिस प्रिस्ले

रक संगीतको दुनियाँमा उनलाई प्रिन्स मानिन्छ । एल्भिसले आफ्नो जीवनमा धेरै ख्याति कमाए । उनको मृत्यु सन् १९७७ मा भयो । तर, अहिले पनि कमाइ गरिरहेका छन् । उनको वार्षिक कमाइ दुई सय करोड हाराहारीमा छ ।
अल्बर्ट आइन्स्टाइन

अल्बर्ट आइन्स्टाइनलाई नचिन्ने त सायदै होलान् । उनलाई आधुनिक विज्ञानका पिता पनि भनिन्छ । उनको मृत्यु वर्षौं अघि भएको हो । तर, उनको अहिले पनि कमाइ हुन्छ, वर्षमा सय करोड रुपैयाँभन्दा बढी । (एजेन्सीको सहयोगमा)





























प्रतिक्रिया