इलाम,२४, कात्तिक
मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा इलाम क्षेत्र नं २ बाट एकजना वृद्धले उम्मेदवारी दिएका छन् । "/>

पूर्वसभामुख नेम्वाङलाई टक्कर दिदैं अठहत्तर वर्षीय वृद्ध

पूर्वसभामुख नेम्वाङलाई टक्कर दिदैं अठहत्तर वर्षीय वृद्ध

केन्द्रबिन्दु
0
Shares

इलाम,२४, कात्तिक
मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा इलाम क्षेत्र नं २ बाट एकजना वृद्धले उम्मेदवारी दिएका छन् । चुलाचुली गाउँपालिका–३ हात्तीढुंगेका ७८ वर्षीय दलबहादुर राई राष्ट्रिय जनता पार्टीका तर्फबाट पूर्वसभामुख सुवास नेम्वाङसँग चुनाव लड्दै छन् । उक्त क्षेत्रमा पूर्वराज्यमन्त्री केशव थापा नेपाली काँग्रेसबाट उम्मेदवार छन् । जिल्लाका उम्मेदवार मध्ये सबैभन्दा ज्येष्ठ नागरिक राई नै रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । “ज्येष्ठताका आधारमा मैले चुनाव जित्छु”, राईले भने । राईका प्रमुख प्रतिस्पर्धी नेम्वाङ उनी भन्दा १४ वर्ष तथा थापा २० वर्ष कान्छा छन् । यस्तै क्षेत्र नं २ को प्रदेशसभा (क) मा उम्मेदवारी दिएका संघीय समाजवादी फोरम नेपालका बखतबहादुर आङ्देम्बे पनि ७० वर्षका भए । उनी १५ वर्ष कान्छो उम्मेदवार नेकपा (एमाले) का राम राना तथा राप्रपाका ३१ वर्षीय नसिप राईसँग प्रतिस्पर्धा गर्दै छन् ।
रासस

Logo