बागलुङ,२४, कात्तिक

बरेङ गाउँपालिकामा अन्तिम संस्कारका लागि घाटमा पु¥याइएको शव घर फर्काइएको छ । "/>

घाटमा लगेर आगो लगाईसकिएको शव एकाएक घर फर्काइए पछि…!

घाटमा लगेर आगो लगाईसकिएको शव एकाएक घर फर्काइए पछि…!

केन्द्रबिन्दु
0
Shares

बागलुङ,२४, कात्तिक

बरेङ गाउँपालिकामा अन्तिम संस्कारका लागि घाटमा पु¥याइएको शव घर फर्काइएको छ । बरेङ–२ डाँडाथोककी ४३ वर्षीया धनमाया परियारको शव घरमा ल्याइएको हो । १७ कात्तिक देखि बेपत्ता धनमाया झुन्डिएको अवस्थामा मृत फेला परेपछि परिवार, आफन्त र स्थानीय बासिन्दाको उपस्थितिमा सोमबार बिहान शव अन्त्येष्टिका लागि घाटमा पु¥याई जलाउन आगो पनि बालिसकिएको थियो । सोही क्रममा धनमायाका माइती पक्ष आफूहरूलाई कुनै खबर नगरेको भन्दै घाटमा पुगेपछि अन्त्येष्टि रोकियो । माइती पक्ष पुगेपछि घाटमा रहेका स्थानीय त्यहाँबाट हिँडेपछि प्रहरी समेत भएर घाटबाट शव घरमा फिर्ता ल्याइएको इलाका प्रहरी कार्यालय बरेङका प्रहरी निरीक्षक हरिबहादुर पुनले बताए । मृतकका भाइ खिमराज भित्रिकोटीले हराएको सूचना दिइएको तर मृत अवस्थामा भेटिएको बारे कुनै खबर नगरी अन्त्येष्टि गर्न लागेकाले घटनाप्रति आशंका लागेर आफूहरू घाटमै पुगेको बताए । शवको पोस्टमार्टम गरिए पनि रिपोर्ट भने आउन बाँकी छ । मृतक परियारका दुई छोरा र दुई छोरी छन् ।
राजधानीबाट

Logo