महरा पत्नीको निधनप्रति प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डद्वारा दु:ख व्यक्त

महरा पत्नीको निधनप्रति प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डद्वारा दु:ख व्यक्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाका सदस्य एवम् पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमतीकाे असामयिक निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

बुधबार बिहान एक ट्वीट सन्देश जारी गर्दै प्रधानमन्त्रीले भनेका छन्, ‘प्रतिनिधिसभाका सदस्य एवं पूर्वसभामुख माननीय श्री कृष्णबहादुर महराकी श्रीमती सीता महराको आज बिहान नर्भिक अस्पतालमा भएको निधनबाट अत्यन्त दु:ख लागेको छ। म दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै पूर्वसभामुख महराजीसहित सम्पूर्ण शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

त्यस्तै नेकपाका अध्यक्ष पुस्पकलम दाहालले पनि दु:ख व्यक्त गरेका छन् । उनले समाजिक सञ्जालमा भनेका छन्-‘पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराको जीवनसंगीनी सीता महराको आज बिहान ६ः२५ बजे नर्भिक हस्पिटलमा असामयिक निधनको खबरले दुःख लागेको छ ।

उनले थपेका छन्-‘उहाँ माइस्थेनिया नामक रोगबाट विगत लामो समयदेखि पीडित हुनुहुन्थ्यो । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’

Skip This
Skip This
Logo