काठमाडौँ ,२३, कात्तिक
छिमेकी मुलुक भारतले १ हजार र ५ सय रुपियाँको नोटमा प्रतिबन्ध लगाएको एक वर्ष पुग्दा पनि नेपालमा रहेको भारतीय रुपियाँबारे अझै टुंगो लाग्न सकेको छैन। "/>

नेपालमा रहेको प्रतिबन्धित भारतीय रुपियाँ बारे सरकार नै अनभिज्ञ

नेपालमा रहेको प्रतिबन्धित भारतीय रुपियाँ बारे सरकार नै अनभिज्ञ

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ,२३, कात्तिक
छिमेकी मुलुक भारतले १ हजार र ५ सय रुपियाँको नोटमा प्रतिबन्ध लगाएको एक वर्ष पुग्दा पनि नेपालमा रहेको भारतीय रुपियाँबारे अझै टुंगो लाग्न सकेको छैन। अनधिकृत र अवैध कालोधन निर्मूल पार्ने भन्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गतवर्ष नोभेम्बर ८ मा सो दरका नोट बन्द भएको र नयाँ २ हजार र ५ सय दरका नोट प्रचलनमा ल्याउने घोषणा गरेका थिए । भारतले उक्त दरका नोटमा प्रतिबन्ध लगाएपछि विश्व बजारमा चर्चा कमाएको थियो। यसरी भारतले पुराना नोटलाई प्रतिबन्ध लगाउने तथा नयाँ नोटलाई प्रचलनमा ल्याएको १ वर्ष पूरा हुँदा समेत नेपालमा रहेको भारु सटहीमा कुनै निष्कर्ष निस्किएको छैन । यस विषयमा नेपाल र भारतका अधिकारीले पटक–पटक वार्ता प्रयास गर्दा समेत नेपालको बैंकिङ प्रणालीमा भएको प्रतिबन्धित भारु नोटका बारे अन्योल कायमै छ। यस विषयमा रिजर्व बैंक अफ इन्डियाले सटहीको सिफारिस फाइल भारत सरकारलाई पठाइसकेको भए पनि भारत सरकारबाट निर्णय नहुँदा सटही प्रक्रिया अगाडि बढ्न नसकेको राष्ट्र बैंकले जनाएको छ ।

हाल नेपालको बैंकिङ प्रणालीमा ८ करोड भारतीय रुपियाँ सटही गर्न बाँकी रहेको छ भने बैंकिङ क्षेत्रमा आउन नसकेको ठूलो परिमाणमा भारतीय रुपियाँ रहेको हुन सक्ने अनुमान नेपाल राष्ट्र बैंकले गरेको छ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo