काठमाडौँ ,२३, कात्तिक
कर छली प्रकरणमा मुद्दा खेपिरहेका कर आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मा माथि अख्तियारले स्रोत नखुलेको अकुत सम्पत्ति आर्जन अभियोगमा अनुसन्धान अघि बढाएको छ । "/>

बयान दिन नमानेपछि चुणामणीको घरमै पुग्यो अख्तियार टोली

बयान दिन नमानेपछि चुणामणीको घरमै पुग्यो अख्तियार टोली

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ,२३, कात्तिक
कर छली प्रकरणमा मुद्दा खेपिरहेका कर आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मा माथि अख्तियारले स्रोत नखुलेको अकुत सम्पत्ति आर्जन अभियोगमा अनुसन्धान अघि बढाएको छ । शर्माले अख्तियारमा पेस गरेको सम्पत्ति विवरण सहितको १३ पाने फाराम र अख्तियारले गरेको अनुसन्धानमा उनको २० करोड रुपैयाँ भन्दा बढी स्रोत नखुलेको सम्पत्ति देखिएपछि उनी माथि अनुसन्धान थालेको हो । अख्तियारले अनुसन्धानका शिलशिलामा बयानका लागि पटक पटक ताकेता गर्दा पनि अटेर गरेपछि बुधबार शर्माको घरमा सात दिने म्याद टाँस गरेको छ । अख्तियारले वडा सचिवको रोहवरमा बुढानीलकण्ठ नगरपालिका–३ रुद्रश्वेर मार्ग स्थित उनको घरमा सात दिन भित्र उपस्थित हुने सूचना टाँसेको हो । म्याद टाँसका कारण निलम्बित सहसचिव शर्माले सात दिन भित्र अख्तियारमा उपस्थित भइसक्नु पर्छ । उपस्थित नभए अख्तियारले उनलाई पक्राउ गरेर कानुनी कारबाही अघि बढाउने जनाएको छ ।
राजधानीबाट

Logo